माया लागे पूर्वराजाले आफ्नो सम्पत्ति जनतालाई दिउन् : सिटौला « Khabarhub

माया लागे पूर्वराजाले आफ्नो सम्पत्ति जनतालाई दिउन् : सिटौला


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले साँच्चिकै जनताको माया लाग्छ भने आफ्नो सम्पत्ति जनतालाई दिन पूर्वराजालाई चुनौती दिएका छन् ।

नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमितिद्वारा बिहीवार राजधानीमा आयोजित ‘संघLय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो सबै सम्पत्ति जनतालाई बाँड्न चुनौती दिएका हुन् ।

कार्यक्रममा उनले भने, ‘‘साँच्चिकै जनताको माया लाग्छ र कल्याण गर्न मन भए उनको सम्पती जनतालाई दिए भो नि ! आँट छ ? हिम्मत छ ?’’ उनले अब राजतन्त्र र राजा सुन्दा मात्रै मजा आउने दन्ते कथा भइसकेको टिप्पणी गरे ।

कार्यक्रममा नेता सिटौलाले स्ववियू निर्वाचनमा नेविसंघले पहिलो भएर गणतन्त्रको पक्षमा सन्देश दिएको जनाए । उनले राजा र मेरो घाँटी जोडिएको छ भनेर बीपीले समर्पण गरेको नभइ चेतावनी दिएको टिप्पणी गरे ।

उनले शान्ति स्थापना, गणतन्त्र , र संविधान नेपाली कांग्रसको नेतृत्वले ल्याएको पनि बताए । उनले आवश्यकता पर्यो भने संविधान संशोधन गर्ने बताए ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ७ : ४४ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा