माया लागे पूर्वराजाले आफ्नो सम्पत्ति जनतालाई दिउन् : सिटौला « Khabarhub

माया लागे पूर्वराजाले आफ्नो सम्पत्ति जनतालाई दिउन् : सिटौला


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले साँच्चिकै जनताको माया लाग्छ भने आफ्नो सम्पत्ति जनतालाई दिन पूर्वराजालाई चुनौती दिएका छन् ।

नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमितिद्वारा बिहीवार राजधानीमा आयोजित ‘संघLय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो सबै सम्पत्ति जनतालाई बाँड्न चुनौती दिएका हुन् ।

कार्यक्रममा उनले भने, ‘‘साँच्चिकै जनताको माया लाग्छ र कल्याण गर्न मन भए उनको सम्पती जनतालाई दिए भो नि ! आँट छ ? हिम्मत छ ?’’ उनले अब राजतन्त्र र राजा सुन्दा मात्रै मजा आउने दन्ते कथा भइसकेको टिप्पणी गरे ।

कार्यक्रममा नेता सिटौलाले स्ववियू निर्वाचनमा नेविसंघले पहिलो भएर गणतन्त्रको पक्षमा सन्देश दिएको जनाए । उनले राजा र मेरो घाँटी जोडिएको छ भनेर बीपीले समर्पण गरेको नभइ चेतावनी दिएको टिप्पणी गरे ।

उनले शान्ति स्थापना, गणतन्त्र , र संविधान नेपाली कांग्रसको नेतृत्वले ल्याएको पनि बताए । उनले आवश्यकता पर्यो भने संविधान संशोधन गर्ने बताए ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ७ : ४४ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित