उदयदेव प्रिमियर लिगः पाटन भ्याली विजयी « Khabarhub

उदयदेव प्रिमियर लिगः पाटन भ्याली विजयी


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीको पाटनमा सम्पन्न दोस्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक पाटन भ्याली क्रिकेट क्लबले जितेको छ ।

आज सम्पन्न फाइनल खेलमा बनारसी क्रिकेट क्लबमाथि छ विकेटको जित निकाल्दै भ्याली विजयी बनेको हो । योसँगै भ्याली लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै भ्यालीले रु एक लाख एक हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता बनेको बनारसीले रु ४५ हजार ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।जितका लागि ७३ रनको लक्ष्य पाएको भ्यालीले आठ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । यसमा सन्दीप विष्टले सर्वाधिक २८ रनको योगदान गरे ।

यसअघि श्रीकृष्ण माविको खेलमैदानमा पहिला ब्याटिङ गरेको बनारसी १४ दशमलव तीन ओभरमा ७२ रनमा समेटियो । उसका कुनै पनि ‘ब्याटर’ले सम्झनालायक प्रदर्शन गर्न सकेनन् ।

पाटन भ्याली क्रिकेट क्लबको आयोजनामा यही चैत २२ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो । खेलकुदलाई पर्यटनसँग जोड्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक पाटन भ्याली क्रिकेट क्लबले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ८ : २२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन