रुसमा चार स्वतन्त्र पत्रकारलाई छ वर्ष जेल सजाय « Khabarhub

रुसमा चार स्वतन्त्र पत्रकारलाई छ वर्ष जेल सजाय


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी अभियोजनकर्ताहरूले विपक्षी नेता एलेक्सी नाभाल्नीको सङ्गठनलाई सहयोग गरेको आरोपमा चार जना स्वतन्त्र पत्रकारलाई छ वर्षको जेल सजायको माग गरेका छन् ।

मस्कोले सन् २०२२ को युक्रेन आक्रमण सुरु गर्नुभन्दा केही समयअघि नै नाभाल्नीको सङ्गठनलाई ‘अतिवादी’ भन्दै प्रतिबन्ध लगाएको थियो र गत वर्ष आर्कटिक जेलमा नाभाल्नीको मृत्युपछि पनि उनीहरूसँग सम्बन्ध रहेको ठानिएका जो कोहीमाथि पनि कारबाही जारी राखेको छ ।

युक्रेनमा सेना पठाएपछि रुसले रूसी सङ्घ, सङ्गठन वा समूहहरूलाई सोभियत कालको उत्तरार्धसँग तुलना गर्न प्रतिबनध गरेको छ । पत्रकार एन्टोनिना क्राभत्सोभा, कोन्स्टेन्टिन गाबोभ, सर्गेइ कारेलिन र आर्टेम क्रिगरमाथि ‘अतिवादी समूहमा भाग लिएको’ आरोप लागेको छ ।

अभियोजनकर्ता नादेज्दा तिखोनोभाले ती सबैलाई पाँच वर्ष ११ महिना जेल सजायको माग गरेको मस्कोको नागाटिन्स्की अदालतले जनाएको छ । यस्तो कसुरमा बढीमा छ वर्षको जेल सजाय हुन सक्छ ।

समाचार संस्था मिडियाजोनाका अनुसार पत्रकारहरूलाई सुनुवाई स्थगित हुनुभन्दा पहिले हलमा राखिएको बेला अभियोजनकर्ताले अनुरोध गरेको सजायलाई पत्रकारले बाहिर ल्याउन र सञ्चारमाध्यममार्फत् सार्वजनिक गर्न सफल भएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक तथा मुख्य प्रतिद्वन्द्वी नाभाल्नीको मृत्यु भएको केही महिनापछि गत वर्षको वसन्त र ग्रीष्मऋतुमा उनीहरूलाई पक्राउ गरिएको थियो । युक्रेन आक्रमणको समयमा रुसमा सामान्य रूपमा देखापरेझैं उनीहरूलाई बन्द ढोकापछाडि मुद्दा चलाइएको थियो।

स्वतन्त्र अनलाइन पत्रिका सोटाभिजनमा काम गर्ने गरेकी र उपनाम एन्टोना फेवर्सकायाबाट ख्याति कमाएकी ३४ वर्षीया फोटोग्राफर क्राभत्सोभा दुई वर्षदेखि नाभाल्नीको मुद्दाको कभरेज गरिरहनुभएको थियो । उहाँले नाभाल्नीको मृत्यु हुनुभन्दा दुई दिनअघि मात्र अदालतमा भिडियोलिङ्कमार्फत नाभाल्नीकोे अन्तिम उपस्थितिको भिडियो खिच्न सफल हुनुभएको थियो ।

पत्रकार गाबोभ र करेलिनमाथि नाभाल्नीको सामाजिक सञ्जाल च्यानलका लागि फोटो र भिडियो सामग्री तयार पारेको आरोप लागेको छ । अभियुक्तमध्ये सबैभन्दा कान्छो २४ वर्षीय क्रिगरले एसओटी एभीजनका लागि राजनीतिक मुद्दा र विरोध प्रदर्शनलाई कभरेज गर्नुभएको थियो ।

मस्कोले युक्रेनको आक्रमणको आलोचनामा प्रतिबन्ध लगाएको छ, जसका कारण देशका अधिकांश स्वतन्त्र सञ्चारमाध्यमहरूरूस बाहिरबाट सेवा सञ्चालन गर्न बाध्य भएका छन्।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ८ : ३० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन