मुम्बई हमलाका मुख्य योजनाकार तहव्बुर राणालाई भारत ल्याइयो « Khabarhub

मुम्बई हमलाका मुख्य योजनाकार तहव्बुर राणालाई भारत ल्याइयो


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतको मुम्बई हमलाका मुख्य योजनाकार तहव्बुर राणालाई भारत ल्याइएको छ । उनलाई अमेरिकाबाट लिएर आएको विशेष विमान बिहीबार साँझ दिल्लीको पालम विमानस्थलमा उत्रिएको हो ।

भारतीय मिडियाका अनुसार कडा सुरक्षामा एयरपोर्टबाट उनलाई राष्ट्रिय जाँच एजेन्सी (एनआईए)को मुख्यालय लगिँदैछ । जहाँ मेडिकल टोलीले कानूनी प्रक्रिया अनुसार उनको मेडिकल जाँच गर्नेछ।

अमेरिकाले उनलाइ भारत सुपुर्दगी गरिदिएको हो । केन्द्रीय मन्त्री पियुष गोयलले भने, ‘आजको दिन धेरै महत्त्वपूर्ण छ। सन् २००८ मा मुम्बईमा आतंकवादी हमला भएको थियो। हामीले त्यो हमलाका आरोपी तहव्वुर राणालाई भारत फिर्ता ल्याएका छौं। प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको निरन्तर प्रयासले यो सफल भएको हो।राणालाई भारतको कानुनबमोजिम कडा कारबाही गरिने छ र अहिंसाका साथसाथै हिंसा गर्नेलाई कारबाही गर्नु पनि उत्तिकै जरुरी छ ।’

उनीविरुद्ध मुम्बइमा आतंकवादी हमला गराउन मुख्य भूमिका खेलेको आरोप छ । भारतीय सञ्चारमाध्यमका अनुसार सम्भवतः उनलाई तिहाड जेलमा राखेर थप कारबाही गरिनेछ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ८ : ५५ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित