‘मिस एण्ड मिस्टर’आइडल सिजन–२ को घोषणा « Khabarhub

‘मिस एण्ड मिस्टर’आइडल सिजन–२ को घोषणा


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पार्कल इन्टरटेन्मेन्टको आयोजनामा सञ्चालन हुन गइरहेको मिस एण्ड मि. आइडल सिजन २ को प्रशिक्षण कार्यक्रम बैशाख ६ गतेदेखि सुरु हुने भएको छ ।

आयोजकले आज काठमाडौंमा पत्रकार सम्मेलन गरि प्रतियोगितासम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेको हो । प्रतिभाशाली बालबालिकाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि ल्याउने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।

सन् २०१९ मा अवधारणा तयार गरी २०२० मा स्थापना भएको स्पार्कल इन्टरटेन्मेन्टले यसअघि २०२१ मा ‘मिस तथा मिसेस युनिभर्सल’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ । त्यसैको निरन्तरता स्वरूप यो वर्ष सिजन २ को आयोजना गरिएको आयोजनकले जनाएको छ ।

प्रतियोगितामा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूले सहभागिता जनाउन सक्नेछन्। सहभागीहरूलाई उमेरका आधारमा तीन समूहमा विभाजन गरिएको छ – समुह ए (५–८ वर्ष), समुह बी (९–१२ वर्ष), र समूह सी (१३–१५ वर्ष)। समूह ए र बि का लागि शुल्क १० हजार तोकिएको छ भने समूह सी का लागि शुल्क १० हजार रुपैयाँ निर्धारण गरिएको छ। तर चैत २९ गतेभन्दा अगाडि आवेदन दिने सहभागीहरूलाई विशेष छुट दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रशिक्षण कार्यक्रम बैशाख ६ गतेदेखि प्रत्येक शनिबार त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा हुनेछ। फाइनल कार्यक्रम जेठ ३ गतेका लागि तोकिएको छ। प्रतियोगितामा ट्यालेन्ट शो, ब्यूटी शो, तीनवटा फोटोषुट, १५–१९ सेकेन्डको भिडियो प्रस्तुति, तथा आयोजकबाट प्रदान गरिने टि–शर्ट समावेश गरिनेछ। अन्य आवश्यक पोशाक भने सहभागीले आफैंले ल्याउनु पर्नेछ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  १० : २० बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित