गाजामा निजी क्षेत्रबाट राहत वितरण गर्ने अमेरिकी प्रस्ताव | Khabarhub Khabarhub

गाजामा निजी क्षेत्रबाट राहत वितरण गर्ने अमेरिकी प्रस्ताव


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकाले गाजामा राहत वितरणमा लगातार तेस्रो महिना अवरोध उत्पन्न भएपछि निजी कम्पनीमार्फत सो कार्य अघि बढाउने प्रस्ताव गरेको छ।

इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाम्बेले सुरक्षाको ग्यारेन्टी लिने संरक्षित केन्द्रबाट राहत वितरणको प्रस्ताव गरेका हुन्।

उनले इजरायल राहत वितरण कार्यमा संलग्न हुने कुरालाई अस्वीकार गर्दै वितरण केन्द्रलाई त्यहाँका सुरक्षाकर्मीले संरक्षण गर्ने बताए।
यस अघि नै राष्ट्र सङ्घ निकट धेरै निजी कम्पनीले आफूहरू हतियारबाट बच्न कठिन भएका कारण सो प्रस्ताव अस्वीकार गरिसकेका छन्।

मार्चदेखि इजरायलले गाजामा सम्पूर्ण राहत वितरणमा अवरोध सिर्जना गरेको छ। यसले खाद्यान्न, पानी, औषधी र आवासमा समेत समस्या बढ्दै गएको छ। गाजामा चरम मानवीय संकट उत्पन्न भएको छ। २१ लाख जनता असाध्यै ठुलो समस्यामा परेका छन्।

एक तिहाइ जनाताको घरमा त खाद्यान्न र ग्यासको अभावमा चुलोमा आगो बल्न छाडिसकेको छ। अमेरिकामा रहेको च्यारिटी संस्था विश्व केन्द्रीय किचेनले दैनिक एक लाख ३० हजारलाई खाद्यान्न वितरण गरे पनि मंगलबार यो पनि रोकिएको छ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ६ : १६ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस