वाईसीएल कर्णालीको सम्मेलन वैशाख २९ र ३० गते « Khabarhub

वाईसीएल कर्णालीको सम्मेलन वैशाख २९ र ३० गते


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन योङ कम्युनिष्ट लिग  (वाईसीएल) नेपाल कर्णाली प्रदेश समितिको सम्मेलन वैशाख २९ र ३० गते हुने भएको छ ।

शनिबार बिहान वाईसीएल नेपालले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

सम्मलेनको वीरेन्द्रनगरको पिपल चौतारामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्‌घाटन गर्ने कार्यक्रम तय भएको वाईसीएल कर्णाली प्रदेश संयोजक शोभाराम भण्डारीले बताए ।

भण्डारीले सम्मेलनमा कर्णाली प्रदेशका १० वटै जिल्लाका ७१८ वडास्तरबाट १/१ जना प्रतिनिधि र ९९ सदस्यीय सम्मेलन आयोजक समितिसहित कुल ८१७ प्रतिनिधिको उपस्थित रहने उनले बताए ।

सम्मेलनले वाईसीएल कर्णाली प्रदेश समिति निर्वाचित गर्ने र आगामी नीति तथा कार्यक्रम पारित गर्ने तथा राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रतिनिधि पर्यवेक्षकको छनोट गर्ने संयोजक भण्डारीले जानकारी दिए ।

वाईसीएल नेपाल केन्द्रको तेस्रो सम्मेलन आगामी जेठ १७, १८ र १९ गते हुँदैछ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १२ : ०४ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन