तटस्थ स्थानमा वार्ता गर्न भारत र पाकिस्तान तयार : विदेशमन्त्री रुबियो « Khabarhub

तटस्थ स्थानमा वार्ता गर्न भारत र पाकिस्तान तयार : विदेशमन्त्री रुबियो


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले तटस्थ स्थानमा वार्ता गर्न भारत र पाकिस्तान तयार भएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै विदेशमन्त्री रुबियोले दुई मुलुक तटस्थ स्थानमा वार्ता गर्न तयार भएको जानकारी दिएका हुन् ।

उनले पछिल्लो ४८ घण्टा आफू र उपराष्ट्रपति जेडी भान्सले दुबै मुलुकका उच्च पदस्थ अधिकारीसँग कुराकानी गरेको जानकारी पनि दिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उनका पाकिस्तानी समकक्षी सहबाज शरिफ, भारतीय विदेशमन्त्री एश जयशंकर, पाकिस्तानी सेनाप्रमुख असिम मुनिर, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल र उनका पाकिस्तानी समकक्षी असिम मलिकसँग कुराकानी गरेको जानकारी दिए ।

उनले दुबै मुलुक तत्कालै लागू हुनेगरी युद्धविराम गर्न तयार रहेको भन्दै विभिन्न विषयमा तटस्थ स्थानमा वार्ता गर्न तयार भएको पनि जानकारी दिए ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ६ : २१ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री