पाकिस्तानले युद्धविराम तोडेको भारतको आरोप « Khabarhub

पाकिस्तानले युद्धविराम तोडेको भारतको आरोप


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युद्धविरामको सहमतिपछि पनि पाकिस्तानले आक्रमण जारी राखेको भारतले आरोप लगाएको छ ।

जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्री नगरमा अझै पनि विस्फोटका आवाजहरु सुनिएको बताएका छन् । पाकिस्तानले युद्धविराम उल्लंघन गरेपछि भारतीय सुरक्षा संयन्त्र उच्च सतर्कतामा रहेको बताइएको छ ।

मुख्यमन्त्री उमर अब्दुल्लाहले लेखेका छन्, ‘श्रीनगरमा अझै विस्फोट भइरहेको छ । विस्फोटको आवाजहरु सुनिँदैछ । यो कस्तो प्रकारको युद्धविराम हो ?’

जम्मु–कश्मीरका अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएसपुरा, सांबा र उधमपुरमा युद्धविराम पछि पनि गोलाबारी भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १० : ०४ बजे

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा काठमाडौंको

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु

इरानमा हिंसा बढ्दै, संयम हुन ट्रम्पको आग्रह

एजेन्सी– इरानमा पछिल्ला दुई सातादेखि जारी विरोध प्रदर्शनका क्रममा मृत्यु

बैंकबाट लुटिएको पैसा खोज्दा खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर

काठमाडौं- सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक लुटपाट भएपछि खोजी कार्यमा

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा