सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ « Khabarhub

सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा आज एक सुत्केरीको मृत्यु प्रकरणमा छानबिनका लागि अस्पताल सञ्चालकलाई नियन्त्रणमा लिइएर सोधपुछ गरेको छ ।

मिर्चैया नगरपालिका–११ सीतापुरकी ३० वर्षीया रामकाशी यादवको मृत्यु भएपछि आफन्तले विरोध प्रदर्शन गरेपछि सञ्चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

शुक्रबार शल्यक्रिया गरेर बच्चा जन्माएकी यादवको अत्यधिक रक्तश्रावका कारण ज्यान गएपछि आफन्तले अस्पतालको लापरबाही भन्दै विरोध जनाइरहेका छन् ।

“सुत्केरीको अवस्था नाजुक हुँदै गएपछि हामीले अन्यत्र पठाउन पटकपटक आग्रह गर्दा पनि यतै ठीक भइहाल्छ भन्दै अल्झाएर राखियो”, मृतकका श्रीमान् सन्त यादवले भने, “बिरामीको अवस्था गम्भीर भएपछि आज बिहान करिब दुई बजेतिर मात्र विराटनगरका लागि रेफर गरिदियो । यतिबेलासम्म ढिलो भइसकेको थियो, विराटनगर लैजाँदै गर्दा बाटोमै मेरो श्रीमतिको मृत्यु भयो ।”

घटनापछि मृतकका आफन्त र परिवारजनले अस्पताल अगाडि राजमार्गमा शव राखेर प्रदर्शनसमेत गरेका थिए । प्रदर्शनपछि प्रहरीले अस्पतालका सञ्चालकसमेत रहेका डा तेजशङ्कर यादवसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

हाल शवपरीक्षणका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको र त्यसको प्रतिवेदनअनुसार थप कारबाही अघि बढाउने गरी आफन्तसँग कुरा भएको प्रहरी नायब उपरीक्षक पासवानले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १० : ४८ बजे

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,