गर्मीमा बेसार खाँदा हुन्छन् यस्ता फाइदा « Khabarhub

गर्मीमा बेसार खाँदा हुन्छन् यस्ता फाइदा


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आयुर्वेदमा बेसारलाई निकै फाइदाजनक खानेकुरा मानिन्छ । भान्सामा सहजै पाइने बेसार मानव स्वास्थ्यका लागि पनि धेरै लाभकारी मानिन्छ ।

जाडोमा मात्रै नभइ गर्मी मौसममा पनि बेसार खानु फाइदाजनक छ । बेसार सेवन गर्नाले गर्मी, डिहाइड्रेसन र मौसम परिवर्तनबाट पनि बच्न सकिन्छ । आज हामी गर्मी मौसममा बेसार खाँदा केकस्तो फाइदा हुन्छ भन्नेबारे जानकारी दिन गइरहेका छौँ ।

छाला र हाडजोर्नीको समस्यामा राहत
गर्मी मौसममा अत्यधिक तापका कारण छाला सुन्निने, छालामा दाग देखा पर्ने र जोर्नी दुख्ने समस्या हुन सक्छ । बेसारमा एन्टी–इन्फ्लामेटरी गुणहरू रहेका हुन्छन् । यसले छाला सुन्निने र जोर्नी दुख्ने समस्या कम गर्न मद्दत गर्दछ । आफ्नो आहारमा बेसार समावेश गर्नाले जोर्नीमा कडापन महसुस हुने र मांसपेशी दुख्ने समस्याका लागि फाइदाजनक हुन्छ ।

प्रतिरक्षा क्षमता वृद्धि
गर्मी मौसममा प्रायः ब्याक्टेरिया र भाइरल संक्रमणको जोखिम हुन्छ । बेसारमा हाम्रो शरीरको प्रतिरक्षा गर्ने कोषहरू रहेका हुन्छन् । बेसारले शरीरमा रहेका खतरनाक किटाणुसँग लड्ने क्षमता बढाउँछ । बेसारले किटाणुसँग लडेर शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । बेसारको दूध पिउनु वा हल्का पेय पदार्थमा एक चिम्टी बेसार थपेर खाँदा मौसमी खोकी, चिसो र पाचन संक्रमणबाट बचाउन मद्दत गर्न सक्छ ।

पाचन प्रणालीमा सुधार
गर्मी मौसममा एसिडिटी हुने, पेट फुल्ने वा भोक नलाग्नेजस्ता समस्या देखा पर्छन् । बेसारले पित्त उत्पादनलाई उत्तेजित पार्छ । यसले राम्रो पाचन र पोषक तत्वहरूको अवशोषणमा मद्दत गर्दछ । तरकारीको झोल वा दालमा माथिबाट थोरै मात्रामा बेसार थप्दा पेटलाई राहत मिल्छ । यसबाट गर्मीमा पाचन प्रणालीलाई सन्तुलित राख्न मद्दत मिल्छ ।

ऊर्जावान शरीर
गर्मीमा अत्यधिक पसिना निस्किन्छ । यसले शरीरको डिटोक्स प्रणालीको सन्तुलन बिग्रिन्छ । बेसारले कलेजोको कार्यप्रणालीलाई सुधार गर्न मद्दत गर्छ । यसले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न पनि मद्दत गर्दछ । शरीरलाई सफा र ऊर्जावान बनाउनका लागि कागती पानी वा हर्बल चियामा बेसारलाई थप्न सकिन्छ ।

चम्किलो छाला
गर्मीमा घमौरा, ट्यानिङ र डलनेस जस्ता छालाका समस्याहरू बढी देखा पर्छ । बेसारको एन्टिअक्सिडेन्ट र एन्टिब्याक्टेरियल गुणहरूले छालालाई सफा गर्छ र घामबाट हुने क्षतिलाई कम गर्छ । बेसारलाई फेस प्याकको रूपमा लगाउँदा पनि छालामा प्राकृतिक चमक प्राप्त हुन्छ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ७ : २५ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर