गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द | Khabarhub Khabarhub

गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी मंगलबार र बुधबार नगरभित्रका विद्यालयमा बिदा दिने निर्णय गरिएको हो ।

नगरप्रमुखस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगरप्रमुख पोतिलाल चौधरीले जानकारी दिए । बर्खे बिदाबाट मिलान हुनेगरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको उनको भनाइ छ ।

गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्न समस्या हुने गरेको छ । दिउँसोको समयमा बजार तथा राजमार्ग क्षेत्रमा सर्वसाधारणको आगमन कम हुँदै गएको छ ।

गर्मीका कारण रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या लिएर अधिकांश बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ६ : ४४ बजे

इन्डोनेसियामा विद्यालय भवन ढल्दा गयो दर्जनौँको ज्यान, उद्धार कार्य जारी

एजेन्सी– इन्डोनेसियाको विद्यालय भवन ढलेर अस्थिर कङ्क्रिटको भग्नावशेषमा फसेका विद्यार्थीहरूलाई

रामेछाप–लुक्ला हवाई उडान सुरु

मन्थली– रामेछाप–लुक्ला हवाई उडान सुरु भएको छ । शरद ऋतुमा

दसैँ सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका

काठमाडौं– दसैँको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले सङ्घीय राजधानी

भारत–भुटानबीच पहिलो सीमापार रेल परियोजना, चार वर्षमै सम्पन्न हुने

नयाँदिल्ली– भारत र भुटानले पहिलो पटक दुवै देशलाई जोड्ने सीमापार

काठमाडौं उपत्यकामा चहलपहल घट्दै

काठमाडौं– बडादशैँको महाअष्टमीको दिन काठमाडौँ उपत्यकामा चहलपहल कम देखिएको छ