बजेटमा अदालतको अवहेलनासम्बन्धी रिटको पेसी न्यायाधीशद्वय श्रेष्ठ र पाण्डेयको इजलासमा | Khabarhub Khabarhub

बजेटमा अदालतको अवहेलनासम्बन्धी रिटको पेसी न्यायाधीशद्वय श्रेष्ठ र पाण्डेयको इजलासमा


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा अदालतको अवहेलना सम्बन्धी रिटको पेसी न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको छ ।

आगामी आर्थिक वर्षको बजेटको बुँदा ८७ ले अदालतको अवहेलना गरेको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अवहेलना कसूरमा संलग्नलाई हदैसम्मको कारबाहीको माग गर्दै आइतबार रिट दायर गरेका थिए ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले रिटमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी र वनमन्त्री ऐनबहादुर शाही ठकुरीलाई विपक्षी बनाएका छन् ।

रिटमा अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्रीसहित चार जनालाई पदमुक्त गरी भविष्यमा सार्वजनिक पद धारण गर्न अयोग्य  घोषित गर्न माग गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा प्राकृतिक तथा खानीजन्य वस्तुको व्यावसायिक उत्पादन तथा बजारीकरणमा निजी क्षेत्रलाई सहभागी गराउने व्यवस्था गरिएकोमा त्यसले अदालतको अवहेलना गरेको दाबी गरिएको छ ।

२०७८–०७९ को बजेटको बुँदा नम्बर १९९ मा खानीजन्य ढुङ्गा गिट्टी बालुवा निकासी गर्ने व्यवस्था गरेकोमा सर्वोच्चले कार्यान्वयन नगर्न परमादेश दिएको थियो ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ११ : ५२ बजे

जेन-जी ‘विद्रोह’को दुई महिना : थप अनिश्चिततातिर मुलुक

काठमाडौं– जेन–जी पुस्ताका युवाले भदौ २३ र २४ मा गरेको

के पाक्दैछ शिक्षामन्त्रीको चुल्होमा ? विज्ञ भन्छन्– मिडियाले व्यक्तिगत जीवन उचाल्न हुँदैन

काठमाडौं- जेन–जी आन्दोलनपश्चात बनेको अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

गृहमन्त्री अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, चुनावको विषयमा छलफल

काठमाडौं– गृहमन्त्री ओम प्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन

जापानमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

टोकियो– जापानमा आइतबार साँझ ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि उत्तरपूर्वी