१० महिनामा आयो साढे १३ खर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो  « Khabarhub

१० महिनामा आयो साढे १३ खर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो 


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको १० महिना अवधिमा नेपालमा साढे १३ खर्ब बढी रेमिट्यान्स आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ को दश महिनामा विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि भई १३५६ अर्ब ६१ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो । २०८२ वैशाख महिनामा विप्रेषण आप्रवाह १६५ अर्ब ३० करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह ११५ अर्ब ९९ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १४७९ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३०१ अर्ब ७५ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४,०५,६१० र पुनः श्रम स्वीकृति लिनेको संख्या २,८०,३१४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो
संख्या क्रमशः ३,७३,३०७ र २,३६,३९८ रहेको थियो ।

विदेशी मुद्राको सञ्चिति २५ खर्ब नाघ्यो

२०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २३.१ प्रतिशतले वृद्धि भई २०८२ वैशाख मसान्तमा २५१२ अर्ब ९५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा २०.५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८४८ अर्ब ५५ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा १९.६ प्रतिशतले वृद्धि भई २२११ अर्ब ११ करोड पुगेको छ । 

बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैङ्कबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १९२ अर्ब ५५ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा ५६.८ प्रतिशतले वद्धि भई ३०१ अर्ब ८३ करोड कायम भएको छ । २०८२ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ ।

२०८२ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदाय सँगका अनुपातहरु क्रमशः ४१.१ प्रतिशत, १२१.४ प्रतिशत र ३३.८ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  १२ : ०९ बजे

दलका घोषणापत्रमा जनस्वास्थ्य : विज्ञ भन्छन्, ‘मसला पोको पार्न कागज काम लाग्छ’

काठमाडौं- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न

आजका समाचार : निर्वाचनमा तीन दिन बिदा, सुनसरी रवि-बालेन सँगै, निर्वाचनलाई चीनको ४० लाख डलर अनुदान र फेरि तनावतिर कम्बोडिया-थाइल्याण्ड

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णयसरकारले प्रतिनिधिसभा निर्वाचनका

मौद्रिक नीति अर्धवार्षिक समीक्षा : क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२-८३ को मौद्रिक

दलको चासोमा नपरेको फिल्मी क्षेत्र, घोषणा पत्रमै बेवास्ता

काठमाडौं – कलाकारहरू राजनीतिमा जान्छन् तर, सोचेजसरी टिक्न सक्दैनन् ।

निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्नू : निर्वाचन आयोग

काठमाडौं– निर्वाचन आयोगले कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन  प्रचारप्रसारको