१० महिनामा ५८ अर्ब ४३ करोड बराबरको शेयर नेप्सेमा सूचीकृत « Khabarhub

१० महिनामा ५८ अर्ब ४३ करोड बराबरको शेयर नेप्सेमा सूचीकृत


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२को १० महिना अर्थात् वैशाख मसान्तसम्मा कुल ५८ अर्ब ४३ करोड रुपैयाँ बराबरको थप धितोपत्र नेपाल स्टक एक्सेचञ्ज (नेप्से)मा सूचीकृत भएको छ । 

आर्थिक वर्ष २०८१÷८२ को दश महिनामा २१ अर्ब ८ करोड रुपैयाँ बराबरको बोनस शेयर, २० अर्ब ३८ करोड रुपैयाँ बराबरको साधारण शेयर, ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, १० करोड रुपैयाँ ६९ लाख बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य शेयर नेप्सेमा सूचीकृत भएको छ । 

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको  देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा १० महिनामा धितोपत्र बजार पुँजीकरण ४३५८ अर्ब ७१ करोड रुपैयाँ कायम पुगेको जानकारी दिएको छ । २०८१ वैशाख मसान्तमा बजार पुँजीकरण ३१६९ अर्ब ४८ करोड रुपैयाँ रहेका तथ्याङ्कमा उल्लेख छ । 

समीक्षा अवधिमा २०८१ वैशाख मसान्तमा १९९८.८९ रहेको नेप्से सूचकाङ्क २०८२ वैशाख मसान्तमा २६२०.२७ कायम भएको छ । 

२०८२ वैशाख मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेको तथ्याङ्कमा उल्लेख छ । 

२०८१ वैशाखमा सूचीकृत कम्पनीहरूको संख्या २७२ रहेको थियो । 

नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५२.४ प्रतिशत रहेको छ । 

त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । 

नेप्सेमा २०८२ वैशाख मसान्तमा सूचीकृत ८ अर्ब ७४ करोड रुपैयाँ शेयरको चुक्ता मूल्य ८६१ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा ३४ अर्ब ५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति नेपाल धितोपत्र बोर्डले दिएको छ । जसमा १३ अर्ब १९ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, ११ अर्ब ८० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ६ अर्ब ८२ करोड रुपैयाँ बराबरको डिबेन्चर र २ अर्ब २४ करोड रुपैयाँ बराबरको साधारण शेयर रहेको छ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  १२ : २१ बजे

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को