दुर्गा प्रसाईंसहितका आरोपी अदालतमा, थुनछेक बहस हुँदै (तस्बिरहरू) « Khabarhub

दुर्गा प्रसाईंसहितका आरोपी अदालतमा, थुनछेक बहस हुँदै (तस्बिरहरू)


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरि भएको हिंसात्मक घटनामा संलग्न भनिएका प्रतिवादीहरूलाई थुनछेकको बहसका लागि मंगलबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

गत जेठ १२ गतेदेखि न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा प्रसाईंसहितका ५० जना प्रतिवादीहरूको बयान थालिएको थियो। बयान सकिएसँगै उनीहरूको थुनछेक बहस अघि बढेको हो ।

यस प्रकरणमा प्रसाईं एक्लैलाई ५ वटा अभियोगमा मुद्दा चलाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा लैजाने क्रममा प्रतिवादीहरूविरुद्ध राजद्रोह, अपराधिक उपद्रव, कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराध कसुर लगाएको छ ।

यो मुद्दाका लागि जिल्ला प्रहरी परिसर काठमाडौं कार्यरत प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्की, प्रहरी निरीक्षक वाङ्गेल लामा , प्रहरी निरीक्षक पप्पु कुमार दास, प्रहरी वरिष्ठ नायव निरीक्षक विष्णु खतिवडा,प्रहरी वरिष्ठ नायव निरीक्षक विजय शाही, प्रहरी नायव निरीक्षक अर्जुन सेठ्ठी, प्रहरी वरिष्ठ हवलदार विष्णु सापकोटा समेतको जाहेरी परेको थियो ।

उता कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न ११ जनाको बयान र थुनछेक बहस न्यायाधीश पदमराज पाण्डेको इजलासमा अघि बढ्नेछ । ती ११ जनालाई सरकारी वकिलले आपराधिक उपद्रव कसुर अभियोगमा मुद्दा चलाएको छ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  १२ : ४१ बजे

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।