दुर्गा प्रसाईंसहितका आरोपी अदालतमा, थुनछेक बहस हुँदै (तस्बिरहरू) « Khabarhub

दुर्गा प्रसाईंसहितका आरोपी अदालतमा, थुनछेक बहस हुँदै (तस्बिरहरू)


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरि भएको हिंसात्मक घटनामा संलग्न भनिएका प्रतिवादीहरूलाई थुनछेकको बहसका लागि मंगलबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

गत जेठ १२ गतेदेखि न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा प्रसाईंसहितका ५० जना प्रतिवादीहरूको बयान थालिएको थियो। बयान सकिएसँगै उनीहरूको थुनछेक बहस अघि बढेको हो ।

यस प्रकरणमा प्रसाईं एक्लैलाई ५ वटा अभियोगमा मुद्दा चलाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा लैजाने क्रममा प्रतिवादीहरूविरुद्ध राजद्रोह, अपराधिक उपद्रव, कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराध कसुर लगाएको छ ।

यो मुद्दाका लागि जिल्ला प्रहरी परिसर काठमाडौं कार्यरत प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्की, प्रहरी निरीक्षक वाङ्गेल लामा , प्रहरी निरीक्षक पप्पु कुमार दास, प्रहरी वरिष्ठ नायव निरीक्षक विष्णु खतिवडा,प्रहरी वरिष्ठ नायव निरीक्षक विजय शाही, प्रहरी नायव निरीक्षक अर्जुन सेठ्ठी, प्रहरी वरिष्ठ हवलदार विष्णु सापकोटा समेतको जाहेरी परेको थियो ।

उता कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न ११ जनाको बयान र थुनछेक बहस न्यायाधीश पदमराज पाण्डेको इजलासमा अघि बढ्नेछ । ती ११ जनालाई सरकारी वकिलले आपराधिक उपद्रव कसुर अभियोगमा मुद्दा चलाएको छ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  १२ : ४१ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन