अर्थतन्त्र सुधार्न सरकार निरन्तर लागिरहेको छ : अर्थमन्त्री पौडेल « Khabarhub

अर्थतन्त्र सुधार्न सरकार निरन्तर लागिरहेको छ : अर्थमन्त्री पौडेल


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागिरहेको बताएका छन् ।  

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले आफू मन्त्रालयको जिम्मेवारीमा आएपछि अर्थतन्त्रमा देखिएका चुनौतीलाई चिन्ने र समाधान खोज्ने काममा निरन्तर लागेको बताए । 

मुलुकको अर्थतन्त्रको सन्दर्भमा अर्थतन्त्र समस्या वा दबाबमा रहेको मनोविज्ञान प्रकट हुने गरेको भन्दै उनले जिम्मेवार निकायमा बसेकाहरूले समस्याको वर्णन नभई समस्या समाधानका लागि सार्थक पहल गर्नुपर्ने धारणा राखे ।

अर्थमन्त्री पौडेलले अहिलेको बजेट आर्थिक सुधारको अन्तिम किस्ता नभएकाले सुधारका कामहरू निरन्तर अघि बढ्ने स्पष्ट पारे  ।

वञ्चित सीमाभित्र रहेर अहिले अनुशासित ढंगले बजेट निर्माण भएको र बजेटमार्फत आएका नीतिगत प्रबन्धले निजी क्षेत्र समेत उत्साहित देखिएको उनले बताए । त्यस्तै पौडेलले मौद्रिक नीति र वित्त नीतिमा सही सन्तुलन भएर नै अर्थतन्त्र अगाडि बढ्ने स्पष्ट पारे  ।  

उनले मौद्रिक नीति र वित्तनीतिबीच समन्वय हुनुपर्ने राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको भनाइ सकारात्मक रहेको उल्लेख गरे । 

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  २ : ०४ बजे

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास