सय रन कटाउँदा नेपालले ४ विकेट गुमायो, कप्तान रोहित पनि आउट | Khabarhub Khabarhub

सय रन कटाउँदा नेपालले ४ विकेट गुमायो, कप्तान रोहित पनि आउट


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्कटल्यान्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत मंगलबार नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै १०० रन पूरा गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभर खेलिसकेको अवस्थामा ४ विकेट गुमाउँदै अहिले १०९ रन बनाएको छ ।

नेपालले सुरूवातमै ओपनरहरूलाई सस्तैमा गुमाएको थियो । ओ‌पनर कुशल भुर्तेल ४ ओभर ४ बलमा आउट भए । उनले १९ बलमा १८ रन मात्रै बनाउन सके ।

त्यसैगरि खेलको ६ ओभर ६ बलमा अनिल साह आउट भए । १६ बलको सामना गरेका उनले केबल २ रन बनाउँदै बाहिरिँदा नेपालमाथि दबाब बढेको थियो ।

त्यसपछि भीम सार्की पनि आउट भए । उनी पनि ३८ बलमा ३५ रन बनाउँदै पेभेलियन फर्किएका थिए । क्रिज सम्हालेका कप्तान रोहित पौडेल पनि आउट भएका छन् । उनी २४.३ ओभरमा ३५ रन बनाउँदै आउट हुन पुगे ।

यससँगै नेपालले सय रन कटाउँदा मुख्य ब्यटार गुमाएको छ। अहिले क्रिजमा आरिफ शेख १४ बलमा ११ रन बनाउँदै क्रिजमा छन् । रोहित बाहिरिएपछि दीपेन्द्रसिंह ऐरी नेपालको पारी सम्हाल्न आएका छन् ।

स्कटल्यान्ड भ्रमणमा रहेका नेपाली अलराउन्डर गुल्शननकुमार झा र बलर सोमपाल कामी घाइते भएपछि नेपाललाई धक्का लागेको थियो।

स्कटल्यान्ड भ्रमणका क्रममा मंगलबार नेदरल्यान्ड्सविरुद्ध अन्तिम खेलका लागि प्रशिक्षणका क्रममा दुवैजना घाइते भएको नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ ।

उनीहरू घाइते भएकाले अब अलराउन्डर बसिर अहमद र बलर नन्दन यादवलाई क्यानले अवसर दिएको छ । टी–० तर्फ नन्दनले राष्ट्रिय टोलीमा डेब्यू गरेका छन् ।

अलराउन्डर गुल्सनकुमार झा र तीव्र गतिका बलर सोमपाल कामी घाइते भएपछि मुख्य प्रशिक्षक स्टुअर्ट लले दुई युवा खेलाडीलाई अवसर दिएका हुन् ।

क्यानका अनुसार सोमपालको दायाँ हात र गुल्सनको घुँडामा चोट लागेको छ। त्यसैले यी दुई खेलाडीले नेदरल्यान्ड्सविरुद्धको बाँकी खेल र त्यसपछिको टी–२० आई त्रिकोणीय सिरिजका सम्पूर्ण खेल गुमाउने पक्का भएको छ । त्यहीकारण बसिर र नन्दनलाई अवसर दिइएको छ ।

यसअघि नेपालले स्कटल्यान्डसँग भएका दुईमध्ये एक खेलमा विजयी भएको थियो । लिग–२ मा नेपाल १५ खेलमा १० अङ्कसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ५ : ४४ बजे

तीजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छ : ऊर्जामन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाली समाजको मौलिकता

कुलमानले भने- प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिच्छाउनु पर्छ

लिस्बन– युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान

सकियो एक महिने गुँला पर्व (तस्बिरहरू)

काठमाडौं– एक महिना लामो गुँला पर्व आज सकिएको छ ।

उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति

हैजा प्रभावित वीरगन्ज क्षेत्रमा पानी परीक्षणको कार्य तीव्र, मन्त्री यादव स्वयम् परीक्षण स्थलमा

वीरगंज– गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगन्ज महानगरपालिकाको हैजा प्रभावित