सय रन कटाउँदा नेपालले ४ विकेट गुमायो, कप्तान रोहित पनि आउट « Khabarhub

सय रन कटाउँदा नेपालले ४ विकेट गुमायो, कप्तान रोहित पनि आउट


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्कटल्यान्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत मंगलबार नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै १०० रन पूरा गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभर खेलिसकेको अवस्थामा ४ विकेट गुमाउँदै अहिले १०९ रन बनाएको छ ।

नेपालले सुरूवातमै ओपनरहरूलाई सस्तैमा गुमाएको थियो । ओ‌पनर कुशल भुर्तेल ४ ओभर ४ बलमा आउट भए । उनले १९ बलमा १८ रन मात्रै बनाउन सके ।

त्यसैगरि खेलको ६ ओभर ६ बलमा अनिल साह आउट भए । १६ बलको सामना गरेका उनले केबल २ रन बनाउँदै बाहिरिँदा नेपालमाथि दबाब बढेको थियो ।

त्यसपछि भीम सार्की पनि आउट भए । उनी पनि ३८ बलमा ३५ रन बनाउँदै पेभेलियन फर्किएका थिए । क्रिज सम्हालेका कप्तान रोहित पौडेल पनि आउट भएका छन् । उनी २४.३ ओभरमा ३५ रन बनाउँदै आउट हुन पुगे ।

यससँगै नेपालले सय रन कटाउँदा मुख्य ब्यटार गुमाएको छ। अहिले क्रिजमा आरिफ शेख १४ बलमा ११ रन बनाउँदै क्रिजमा छन् । रोहित बाहिरिएपछि दीपेन्द्रसिंह ऐरी नेपालको पारी सम्हाल्न आएका छन् ।

स्कटल्यान्ड भ्रमणमा रहेका नेपाली अलराउन्डर गुल्शननकुमार झा र बलर सोमपाल कामी घाइते भएपछि नेपाललाई धक्का लागेको थियो।

स्कटल्यान्ड भ्रमणका क्रममा मंगलबार नेदरल्यान्ड्सविरुद्ध अन्तिम खेलका लागि प्रशिक्षणका क्रममा दुवैजना घाइते भएको नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ ।

उनीहरू घाइते भएकाले अब अलराउन्डर बसिर अहमद र बलर नन्दन यादवलाई क्यानले अवसर दिएको छ । टी–० तर्फ नन्दनले राष्ट्रिय टोलीमा डेब्यू गरेका छन् ।

अलराउन्डर गुल्सनकुमार झा र तीव्र गतिका बलर सोमपाल कामी घाइते भएपछि मुख्य प्रशिक्षक स्टुअर्ट लले दुई युवा खेलाडीलाई अवसर दिएका हुन् ।

क्यानका अनुसार सोमपालको दायाँ हात र गुल्सनको घुँडामा चोट लागेको छ। त्यसैले यी दुई खेलाडीले नेदरल्यान्ड्सविरुद्धको बाँकी खेल र त्यसपछिको टी–२० आई त्रिकोणीय सिरिजका सम्पूर्ण खेल गुमाउने पक्का भएको छ । त्यहीकारण बसिर र नन्दनलाई अवसर दिइएको छ ।

यसअघि नेपालले स्कटल्यान्डसँग भएका दुईमध्ये एक खेलमा विजयी भएको थियो । लिग–२ मा नेपाल १५ खेलमा १० अङ्कसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ५ : ४४ बजे

बालेनलाई मनीषको जवाफ : सरकार एक्लो छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र

१९औँ पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन

काठमाडौं- आगामी भदौ १५ गते १९औँ पुस्तकालय दिवस देशभर विभिन्न रचनात्मक

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज

ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान (तस्बिरहरू)

ललितपुर– जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण