गोक्यो तालमा हामफाल्न हिँडेका चिनियाँको उद्धार, हेलिकप्टरबाट काठमाडौं ल्याइयो « Khabarhub

गोक्यो तालमा हामफाल्न हिँडेका चिनियाँको उद्धार, हेलिकप्टरबाट काठमाडौं ल्याइयो


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोलुखुम्बुस्थित गोक्यो तालमा हामफाल्न लागेका एकजना चिनियाँ पर्यटकलाई नेपाल प्रहरीले उद्धार गरेको छ ।

पर्यटक प्रहरी कार्यालय, भृकुटीमण्डपबाट खटिएको टोलीले चिनियाँ नागरिक छेई हुवाङलाई मंगलबार बिहान उद्धार गरेको हो ।

३६ वर्षीय हुवाङले आफ्नै जन्मदिन (११ जुन) को दिनमा समुद्री सतहबाट ५ हजार मिटर उचाइको गोक्यो तालमा आत्महत्या गर्ने भनेर सामाजिक सञ्जालमा लेखेका थिए ।

सामाजिक सञ्जाल हुवाङको पोस्ट देखेपछि चीनस्थित उनको परिवारले काठमाडौंस्थित चिनियाँ दूतावासलाई खबर गरेका थिए ।

दूतावासले नेपाल प्रहरीअनर्गतको पर्यटक प्रहरीलाई घटनाबारे जानकारी गराउँदै तत्काल उद्धारका लागि अनुरोध गरेको थियो। यस घटनाबारे पेम्बा शेर्पा पनि प्रहरीलाई जानकारी गराएका थिए।

प्रहरीकाअनुसार चिनियाँ दूतावासकै सहयोगमा हाई अल्टिच्युड हेलिकप्टर व्यवस्था गरिएको थियो। उद्धार टोली घटनास्थलमा पुग्दा हुवाङ गोक्योस्थित थाङ्का इन होटल’मा भेटिए ।

प्रहरीका अनुसार होटल सञ्चालकले उनलाई सम्झाइरहेका थिए । ती चिनियाँले सुरूमा त प्रहरीको अनुरोध अस्वीकार गरेर मर्ने बताएका थिए ।

हुवाङले प्रहरीलाई जन्मदिनको दिन बुधबार आत्महत्या गर्ने योजना बनाएको बताएका थिए।

करिब आधा घण्टा लामो कुराकानीपछि उनी काठमाडौं फर्किन तयार भए । उनलाई प्रहरीले हेलिकप्टरमार्फत काठमाडौं लगिसकेको छ।

पर्यटक प्रहरी कार्यालय, भृकुटीमण्डपमा राखिएका उनलाई चिनिया दूतावासको जिम्मा लगाइँदैछ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ६ : ३२ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्