गोक्यो तालमा हामफाल्न हिँडेका चिनियाँको उद्धार, हेलिकप्टरबाट काठमाडौं ल्याइयो « Khabarhub

गोक्यो तालमा हामफाल्न हिँडेका चिनियाँको उद्धार, हेलिकप्टरबाट काठमाडौं ल्याइयो


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोलुखुम्बुस्थित गोक्यो तालमा हामफाल्न लागेका एकजना चिनियाँ पर्यटकलाई नेपाल प्रहरीले उद्धार गरेको छ ।

पर्यटक प्रहरी कार्यालय, भृकुटीमण्डपबाट खटिएको टोलीले चिनियाँ नागरिक छेई हुवाङलाई मंगलबार बिहान उद्धार गरेको हो ।

३६ वर्षीय हुवाङले आफ्नै जन्मदिन (११ जुन) को दिनमा समुद्री सतहबाट ५ हजार मिटर उचाइको गोक्यो तालमा आत्महत्या गर्ने भनेर सामाजिक सञ्जालमा लेखेका थिए ।

सामाजिक सञ्जाल हुवाङको पोस्ट देखेपछि चीनस्थित उनको परिवारले काठमाडौंस्थित चिनियाँ दूतावासलाई खबर गरेका थिए ।

दूतावासले नेपाल प्रहरीअनर्गतको पर्यटक प्रहरीलाई घटनाबारे जानकारी गराउँदै तत्काल उद्धारका लागि अनुरोध गरेको थियो। यस घटनाबारे पेम्बा शेर्पा पनि प्रहरीलाई जानकारी गराएका थिए।

प्रहरीकाअनुसार चिनियाँ दूतावासकै सहयोगमा हाई अल्टिच्युड हेलिकप्टर व्यवस्था गरिएको थियो। उद्धार टोली घटनास्थलमा पुग्दा हुवाङ गोक्योस्थित थाङ्का इन होटल’मा भेटिए ।

प्रहरीका अनुसार होटल सञ्चालकले उनलाई सम्झाइरहेका थिए । ती चिनियाँले सुरूमा त प्रहरीको अनुरोध अस्वीकार गरेर मर्ने बताएका थिए ।

हुवाङले प्रहरीलाई जन्मदिनको दिन बुधबार आत्महत्या गर्ने योजना बनाएको बताएका थिए।

करिब आधा घण्टा लामो कुराकानीपछि उनी काठमाडौं फर्किन तयार भए । उनलाई प्रहरीले हेलिकप्टरमार्फत काठमाडौं लगिसकेको छ।

पर्यटक प्रहरी कार्यालय, भृकुटीमण्डपमा राखिएका उनलाई चिनिया दूतावासको जिम्मा लगाइँदैछ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ६ : ३२ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन