सुदूरपश्चिममा १६ सहित २० जनामा कोरोना, चिकित्सक भन्छन्- डराउनुपर्ने अवस्था छैन « Khabarhub

सुदूरपश्चिममा १६ सहित २० जनामा कोरोना, चिकित्सक भन्छन्- डराउनुपर्ने अवस्था छैन


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-भारतमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहँदा नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको छ ।

भारतीय स्वास्थ्य विभागको तथ्याङ्क अनुसार अहिले ६ हजार ८ सय १५ जना सक्रिय संक्रमित छन् । गत जनवरी १ देखि अहिलेसम्म ६८ जनाको मृत्यु भइसकेको छ ।

छिमेकी मुलुकमा संक्रमित बढ्दै जाँदा भारतसँग सीमा जोडिएका जिल्लामा सतर्कता अपनाउनुपर्ने अवस्था आएको छ। ती जिल्लाहरूमा स्वास्थ्य परीक्षण र निगरानीलाई प्रभावकारी बनाउनुपर्ने आवाज संसद्मा पनि उठेको छ ।

सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले नेपालबाट कामदार भारत जाने र भारतबाट नेपाल आउने गरेकाले सरकारले सीमावर्ती नाकाहरूमा स्वास्थ्य परीक्षण र निगरानीलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

खुला सिमानाका कारण केही दिनयता सुदुरपश्चिममा पनि कोरोना संक्रमित देखिन थालेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबार पनि १ एउटा केश पोजेटिभ आएको छ ।

योसहित सुदूरपश्चिममा १६ जनामा कोरोना पुष्टि भएको छ । अन्यबाट ४ जना छन् । उनीहरू सबैको अवस्था सामान्य छ । सबैजना घरमै आइसोलेशनमा छन् । उनीहरूमा लक्षण पनि केही नदेखिएको महाशाखा प्रमुख डा. चन्द्रभाल झाले बताए ।
उनका अनुसार सुदुरपश्चिममा कीट अभाव भएको खबर आउनेबित्तिकै २ सयभन्दा बढी कीट पठाइसकिएको छ । अहिले देखिएको कोरोना कुन भेरियण्टको भनेर पत्ता लगाउन जीन सिक्वेन्सिङ गरेर परीक्षण तयारी गरिएको छ ।

जसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले पछिल्लो एक हप्तामा आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएका केशहरूको नमुना संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको डा. झाले बताए ।

‘पछिलो हप्ता पोजेटिभ देखिएका कोभिड केश सबैमा आरडीटी परीक्षण मात्रै गरिएको हो, अब पीसीआर परीक्षण र जीन सिक्वेन्सिङ गरेर कुन खालको भेटिएन्ट देखिएको पत्ता लगाउने निर्णय गरेका छौँ, जसको स्याम्पल काठमाडौं ल्याइएको छ’, महाशाखा प्रमुख डा. झाले भने ।

डा. झाकाअनुसार हालसम्म नेपालमा कुन खालको भेरियन्ट पत्ता लागिसकेको छैन । भारतमा भेटिएको भेरियण्ट पनि त्यति खतरनाक नभएको डब्लुएचओले जनाएको छ । अहिलेसम्मको भेरियण्टले खतरा निम्त्याउने अवस्था छैन ।

‘हामी डब्लुएचओसँग पनि निरन्तर सम्पर्कमा छौं’, उनले भने, ‘यस्तो सिरियस हुने अवस्था छैन । तर सामामाजिक दूरी कायम गर्ने, भिडभाडमा नजाने, मास्क लगाउने, स्यानिटाइजर लगाउनेसहितका सावधानी अपनाउन जरुरी छ ।’

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ७ : ३२ बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले