ताइवानको सीमानजिक चिनियाँ सैन्य गतिविधिमा उल्लेखनीय वृद्धि « Khabarhub

ताइवानको सीमानजिक चिनियाँ सैन्य गतिविधिमा उल्लेखनीय वृद्धि


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताइवानले हालै चिनियाँ सैन्य गतिविधिमा उल्लेखनीय वृद्धि भएको जनाएको छ । ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले चिनियाँ जनमुक्ति सेनाका लडाकु विमान र नौसेनाका युद्धपोतहरूले ताइवानको सीमा क्षेत्रमा प्रवेश गरेको दाबी गरेको छ ।

मन्त्रालयका अनुसार ११ वटा विमान र सात युद्धपोतहरू ताइवानको हवाई र समुद्री क्षेत्र नजिकै देखिएका थिए । ११ मध्ये सात वटा लडाकु विमानले ताइवानको हवाइ रक्षा पहिचान रेखा पार गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

ताइवानले यी गतिविधिहरूलाई नजिकबाट निगरानी गरेको र आवश्यक जवाफी कारबाही गरेको जनाएको छ ।

यसअघि ताइवानले पटकपटक आफ्नो सीमामा चीनको सैन्य गतिविधिहरू बढेको आरोप लगाउँदै आएको छ । चीनले ताइवानलाई आफ्नो अभिन्न अंग मान्छ ।

यस्ता सैन्य गतिविधिहरूलाई ताइवानको स्वतन्त्रतावादी गतिविधिको जवाफमा कडा चेतावनीको रूपमा लिने गरिन्छ । ताइवान भने यस्ता कार्यहरूलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र क्षेत्रीय शान्ति र स्थायित्वमा खतरा भएको बताउँदै आएको छ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ८ : ४० बजे

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार