ताइवानको सीमानजिक चिनियाँ सैन्य गतिविधिमा उल्लेखनीय वृद्धि « Khabarhub

ताइवानको सीमानजिक चिनियाँ सैन्य गतिविधिमा उल्लेखनीय वृद्धि


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताइवानले हालै चिनियाँ सैन्य गतिविधिमा उल्लेखनीय वृद्धि भएको जनाएको छ । ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले चिनियाँ जनमुक्ति सेनाका लडाकु विमान र नौसेनाका युद्धपोतहरूले ताइवानको सीमा क्षेत्रमा प्रवेश गरेको दाबी गरेको छ ।

मन्त्रालयका अनुसार ११ वटा विमान र सात युद्धपोतहरू ताइवानको हवाई र समुद्री क्षेत्र नजिकै देखिएका थिए । ११ मध्ये सात वटा लडाकु विमानले ताइवानको हवाइ रक्षा पहिचान रेखा पार गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

ताइवानले यी गतिविधिहरूलाई नजिकबाट निगरानी गरेको र आवश्यक जवाफी कारबाही गरेको जनाएको छ ।

यसअघि ताइवानले पटकपटक आफ्नो सीमामा चीनको सैन्य गतिविधिहरू बढेको आरोप लगाउँदै आएको छ । चीनले ताइवानलाई आफ्नो अभिन्न अंग मान्छ ।

यस्ता सैन्य गतिविधिहरूलाई ताइवानको स्वतन्त्रतावादी गतिविधिको जवाफमा कडा चेतावनीको रूपमा लिने गरिन्छ । ताइवान भने यस्ता कार्यहरूलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र क्षेत्रीय शान्ति र स्थायित्वमा खतरा भएको बताउँदै आएको छ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ८ : ४० बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट