कांग्रेस नेता कोइराला समूहको बैठक बस्दै, पार्टीको अनुशासन कारबाहीबारे छलफल हुने  « Khabarhub

कांग्रेस नेता कोइराला समूहको बैठक बस्दै, पार्टीको अनुशासन कारबाहीबारे छलफल हुने 


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहमा आवद्ध नेताहरूको बैठक बोलाएका छन् ।

बैठक बिहान ८ बजे कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने बताइएको छ ।

बैठकमा पदाधिकारी र केन्द्रीय सदस्यलाई बोलाइएको कोइराला निकट एक नेताले जानकारी दिए । 

कांग्रेस केन्द्रीय अनुशासन समितिले केही नेतालाई २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेपछि छलफलका लागि कोइरालाले आज बैठक बोलाएका हुन् ।

अनुशासन समितिले बुधबार १८ जना नेता कार्यकर्तालाई पार्टीबाट निस्कासनदेखि निलम्बन गरेको थियो ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ७ : ०४ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली