कांग्रेस नेता कोइराला समूहको बैठक बस्दै, पार्टीको अनुशासन कारबाहीबारे छलफल हुने  « Khabarhub

कांग्रेस नेता कोइराला समूहको बैठक बस्दै, पार्टीको अनुशासन कारबाहीबारे छलफल हुने 


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहमा आवद्ध नेताहरूको बैठक बोलाएका छन् ।

बैठक बिहान ८ बजे कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने बताइएको छ ।

बैठकमा पदाधिकारी र केन्द्रीय सदस्यलाई बोलाइएको कोइराला निकट एक नेताले जानकारी दिए । 

कांग्रेस केन्द्रीय अनुशासन समितिले केही नेतालाई २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेपछि छलफलका लागि कोइरालाले आज बैठक बोलाएका हुन् ।

अनुशासन समितिले बुधबार १८ जना नेता कार्यकर्तालाई पार्टीबाट निस्कासनदेखि निलम्बन गरेको थियो ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ७ : ०४ बजे

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै

जेन–जी विद्रोहका मुद्दा सम्बोधन नगरी निर्वाचन गरिनु देशप्रति धोका हाेः जेन–जी मुभमेन्ट

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले जेन–जी विद्रोहका क्रममा नवोदित पुस्ताले