सुर्खेतबाट साढे पाँच केजीभन्दा बढी अफिमसहित एक जना पक्राउ | Khabarhub Khabarhub

सुर्खेतबाट साढे पाँच केजीभन्दा बढी अफिमसहित एक जना पक्राउ


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतमा पाँच किलो ५४० ग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको छ । बुधवार साँझ साढे ६ बजे भेरीगंगा नगरपालिका–१० तालबारीमा अफिम कारोबार भइरहेको जाजरकोटको जुनीचाँदे गाउँपालिका–१० सिर्पाका ४६ वर्षीय जयबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । 

लागूऔषध अफिमको ओसारपसारमा संलग्न रहेको आशंकामा सुर्खेत प्रहरीले गोप्य सूचनाका आधारमा निगरानी र सूचना विश्लेषण गरेपछि पाँच किलो ५४० ग्राम गिलो पदार्थ बरामद गरेको प्रहरी उपरीक्षक सुधीर राज शाहीले बताए । 

बस्नेतको साथबाट अफिम तौल गर्न प्रयोग गरिने डिजिटल तराजु एक थान, नागरिकता प्रमाणपत्र, विभिन्न बैंकका चेक धितो पाँच थान र नगद चार हजार सात सय ३० रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ। 

प्रारम्भिक अनुसन्धान अनुसार जाजरकोट लगायतका पहाडी जिल्लाबाट संकलन गरिएका अफिमलाई आर्थिक लाभका लागि भारतीय सीमासम्म ओसारपसार गर्ने उद्देश्य रहेको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बस्नेतसँग भारतीय नागरिकले अफिम खरिदका लागि बोलाएको उनी भाग्न सफल भएका छन् । 

बरामद अफिमको नेपालमा मूल्य करिब ८ लाख ८६ हजार ४ सय रुपैयाँ र प्रतिकिलो मूल्य १ लाख ६० हजार अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा भने अफिमको मूल्य करोडौँ पर्ने भएकाले विदेश लैजान लागेको हुन सक्ने प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  १२ : २८ बजे

एमालेको विधान महाधिवेशनमा दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही भदौ २० देखि

प्रधानमन्त्री भेट्दा मिस्रीको बसाइको आसन भाइरल, अरूसँग कसरी भेटे ? (तस्बिरहरू)

काठमाडौं– भारतीय विदेशी सचिव विक्रम मिस्री यतिबेला काठमाडौंमा राजनीतिक भेटघाटको

चाडपर्वको पूर्व सन्ध्यामा सडक यातायात र पूर्वाधारमा सुधार गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वको पूर्व सन्ध्यामा सडक

फर्स्याइला भरत, ठट्टेउला मुन्धुमविद्

भरत तुङघङ र मेरो पहिलो प्रत्यक्ष भेटघाट संयोगले भएको थियो,

माइलस्टोनमा गृह मन्त्रालय सर्वोत्कृष्ट : लेखकको नेतृत्वमा पाँच वर्षयताकै प्रगति उच्च

काठमाडौं– नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको माइलस्टोनमा