एनआरएनए अस्ट्रेलियामा एकता महाधिवेशनको तयारी  « Khabarhub

एनआरएनए अस्ट्रेलियामा एकता महाधिवेशनको तयारी 


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एनआरएनए –एनसीसी अष्ट्रेलियाको सदस्यता वितरण पुन: सुरु हुने भएको छ। असन्तुष्ट पक्षलाई समेत समेटेर उच्चस्तरीय समितिमार्फत चुनिएका एनआरएनएले एकता महाधिवेशन गर्ने गरी तयारी थालेको छ।

एनआरएनलाई एक ढिक्का बनाउन भन्दै एनआरएनले अस्ट्रेलियामा  एकता महाधिवेशन संयोजकको जिम्मा विवेक थापालाई दिएको छ।

कोही पनि प्रवासी नेपाली नछुटुन् भनेर सबैलाई समेटेर निर्वाचनलाई निष्पक्ष, समावेशी र सफल बनाउन तथा सदस्यता वितरण सम्बन्धी विद्यमान समस्याहरूको यथाशीघ्र पहिचान गरी एनसीसी अधिवेशनको लागि आवश्यक पहल गर्न थापालाई जिम्मेवारी दिइएको उच्चस्तरीय समितिमार्फत चुनिएका एनआरएनए महासचिव वीआर लामाले जानकारी दिए।

‘समग्र गैर-आवासीय नेपाली समुदायको साझा आवाज बन्न सक्ने विश्वासका साथ समावेशी, सर्वपक्षीय र एकताबद्ध संगठन विस्तारका लागि  अस्ट्रेलियामा थापालाई जिम्मेवारी दिइएको हो,’ लामाले भने, ‘यसका लागि अष्ट्रेलियामा सक्रिय विभिन्न सङ्घसंस्था, समुदायका प्रतिनिधिहरू र आम एनआरएन नागरिकहरूसँग व्यापक छलफल  गर्नेछ।

हाल अस्ट्रेलियामा सदस्य नबनेका र बन्न नपाएकाहरूलाई समेटेर वृहत एनआरएन गठन गर्ने संघको तयारी छ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  १ : ०१ बजे

कञ्चनपुरमा महिला मतदाता बढी

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल

पहिलो पटक घण्टीघरमा प्रवेश गर्दै बालेन्द्र, रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह केन्द्रीय कार्यालय

गैँडाकोटबाट नारायणीमा ‘राइनो क्रुज’ सञ्चालन हुँदै

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’

सर्वोच्चपछि सडकतिर पनि आधिकारिकता खोज्दै देउवा समूह (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसबाट आधिकारिकता गुमाएको शेरबहादुर देउवा समूह सर्वोच्च अदालतपछि