लिलामी प्रक्रियामा स्थानीय तहले सहयोग गरेनन् : बैंक तथा वित्तीय संस्था « Khabarhub

लिलामी प्रक्रियामा स्थानीय तहले सहयोग गरेनन् : बैंक तथा वित्तीय संस्था


२६ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऋण तथा कर्जा असुली प्रक्रियामा स्थानीय तहहरूले सहयोग नगरेको बैंक तथा वित्तीय संस्थाहरूले बताएका छन् ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था परिसंघ र नेपाल लघुवित्त बैंकर्स संघले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै सो ऋण तथा कर्जा असुलीको लागि लिलामी प्रक्रियामा चाहिने कागजातको लागि स्थानीय तहले सहयोग नगरेको बताएका हुन् ।

आवश्यक सिफारिस नदिने र दिनैपरे पनि ढिला सुस्ती गरेर दिँदा कर्जा तथा ऋण असुली प्रक्रियालाई अगाडि बढाउन नसकोको ती संस्थाहरूको भनाइ छ । 

‘पछिल्लो समय बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूले कर्जा असुली प्रक्रियामा जाँदा स्थानीय तहबाट सहयोग नपाएको अवस्था छ’, विज्ञप्तिमा भनिएको छ’, विशेषगरी स्थानीय तहले घरबाटो सिफारिस नदिने र दिनै परेको खण्डमा पनि अनावश्यक रूपमा ढिला सुस्ती गर्ने कारणले गर्दा बैंकहरूले कानुनी दायरा भित्र रही सहज रूपमा कर्जा असुली प्रक्रियालाई अगाडि बढाउन नसकिरहेको अवस्था छ ।’

ऋण तथा कर्जा असुली प्रक्रियालाई अगाडि बढाउन नसक्दा आर्थिक चक्र नै प्रभावित बनाउँदै आर्थिक स्थायित्वमा नै समस्या उत्पन्न हुने जोखिम रहेको ती संस्थाहरूले जनाएका छन् । साथै, कर्जा असुलीको नियमित काममा नै वित्तीय क्षेत्रका कर्मचारीहरूलाई धम्की दिने मानसिक दबाब सिर्जना गर्ने र कतिपय ठाउँमा शारीरिक आक्रमण गर्ने काम हुँदा कर्मचारीहरूको मनोबल गिरेको बताइएको छ ।

‘संघीयताको भावनाअनुरूप यस विषयलाई सम्बन्धित निकायले गम्भीर रूपमा लिई बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूलाई कर्जा असुली प्रक्रियामा जाँदा देखिएका यस्ता विविध समस्याहरूलाई समाधान गर्दै स्थानीय पदाधिकारीहरूको सहयोग र समन्वयका लागि आवश्यक पहलका साथै शान्ति सुरक्षाका लागि समेत सम्बन्धित निकाय तथा सम्पूर्ण सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ३ : २९ बजे

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर