भरतपुरमा अब नमस्ते चोकदेखि मेयर चोकसम्म रात्रीकालीन बजार « Khabarhub

भरतपुरमा अब नमस्ते चोकदेखि मेयर चोकसम्म रात्रीकालीन बजार


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकामा उत्पादन भएका सामग्रीहरूको प्रवर्द्धनका लागि रात्रिकालीन बजार सुरु गर्न लागिएको छ । भरतपुर महानगरपालिका–२ को नमस्ते चोकदेखि मेयर चोकसम्म बजार प्रवर्द्धनका लागि रात्रिकालीन बजार सुरु गर्न लागिएको हो ।

स्थानीय उत्पादन तथा व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्य सहित रात्रिकालीन बजार सुरु गर्न लागिएको वडा नम्बर २ का वडाध्यक्ष मनोज रानाभाटले बताए। हरेक शुक्रबार साँझ ६ बजेदेखि १० बजेसम्म बजार सञ्चालन हुने उनले जानकारी दिए।

अध्यक्ष रानाभाटका अनुसार स्थानीय तथा प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्दै अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बजार सञ्चालन गर्ने तयारी गरिएको हो । यही असार २७ गते शुक्रबारबाट बजार सञ्चालनमा ल्याउन लागिएको उनले बताए। बजारमा वडा बासीलाई प्रदर्शनी कक्षहरू निःशुल्क प्रदान गरिने छ भने महानगर बासीलाई सामान्य शुल्क लिएर स्टल प्रदान गर्न लागिएको हो ।

उनले भने, “आफ्नै घरमा उत्पादन भएका प्राङ्गारिक बस्तु तथा अन्य उत्पादित बस्तुले सहजै बजार पाओस भन्ने उद्देश्यले बजार सुरु गर्न लागिएको हो ।”यसले स्वरोजगारलाई प्रवर्द्धन गर्न सहज हुने विश्वास लिइएको छ ।

रात्रिकालीन बजारमा स्थानीय तरकारी, फलफूल, घरमै बनाएको अचार, हस्तकला, रेष्टुरेण्ट, कपडा लगायतका प्रदर्शनी कक्षहरु रहने छन । रात्रिकालीन बजार क्षेत्रभित्र सडकमा कुनै सवारी साधन चलाउन नपाइने र सडकपेटीमा कक्षहरू राखिने व्यवस्था मिलाइएको छ ।

पहिलो शुक्रबार ६० भन्दा बढि कक्षहरू रहने छन् । उक्त बजारमा स्वच्छ खानेपानी, शौचालयको सुविधा, पार्किङ लगायत २४ सै घण्टा सिसिटीभीले निगरानी गरिने छ । उपभोक्ताले गुणस्तरीय तथा सहुलियत रुपमा सामान खरिद गर्न पाउने अध्यक्ष रानाभाटले बताए।
 

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ३ : ३९ बजे

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका