एक सातामा थपिए ८६ जना डेंगु सङ्क्रमित  « Khabarhub

एक सातामा थपिए ८६ जना डेंगु सङ्क्रमित 


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर ८६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा डेंगु संक्रमितको सङ्ख्या १ हजार ८ सय ९० पुगेको छ । 

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले सार्वजनिक गरेको तथ्यांक अनुसार ६ प्रदेशमा ८६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । 

डेंगु देखिएका प्रदेशमध्ये गण्डकीमा सबैभन्दा बढी (३१ जना) संक्रमित थपिएका छन् भने बागमतीमा २३, लुम्बिनीमा १५, कोशीमा ७, सुदूरपश्चिम ७ र मधेश प्रदेशमा ३ जना डेंगु संक्रमित भएका महाशाखाले जनाएको छ । 

सफा पानी जम्मा भएको भाँडो वा ठाउँमा हुर्कने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगुको सङ्क्रमण हुने भएकाले घर वरिपरि पानी जम्न नदिन र लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकहरू सुझाउँछन् ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ६ : २२ बजे

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि सरकारलाई पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी

ऋषि भन्छन् : ओली नेतृत्वको सरकारले हाम्रा होनहार युवाहरूलाई गोली हानेर हत्या गर्‍यो

काठमाडौं– पत्रकार ऋषि धमलाले जेन-जी आन्दोलनका क्रममा दमन गर्नेहरूमाथि तत्काल कारबाही

नेपाली भूमिमा भारतीय गाउँको नाम लेखिएको बोर्ड, सच्याउन माग

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–८ असिगडास्थित नेपाल–भारत जोड्ने मोटरेबल पुलको नेपालतर्फ

‘कार्की साइँला’मा भरियाको भूमिकामा जितु नेपाल

काठमाडौं – कलाकार जितु नेपाल शीर्ष भूमिकामा रहेको फिल्म ‘कार्की

इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

एजेन्सी- इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा