अझै पनि ९१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ : कृषिमन्त्री « Khabarhub

अझै पनि ९१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ : कृषिमन्त्री


२६ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषिमन्त्री रामनाथ अधिकारीले अझै पनि ९१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएका छन् ।  

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री अधिकारीले कृषि सामाग्री संस्थानको ३७ वटा गोदाम र साल्ट ट्रेडिङका गोदामहरूमा ९१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएका हुन् । उनले किसानहरूलाई निरन्तर रूपमा अभाव नहुनेगरि रासायनिक मल वितरण भइरहेको उल्लेख गरे ।

त्यस्तै उनले दुग्ध किसानहरूको साढे ३ अर्ब भन्दा बढी रकम सरकारी, निजी र साझेदारी फर्महरूले तिर्न बाँकी रहेको बताए । उनले गत वर्षको बजेट सिलिङ अनुसार उखु किसानलाई सरकारबाट दिनुपर्ने अनुदान रकम एक दुई दिनभित्रै किसानको खातामा पुग्ने जानकारी दिए ।  

बैठकमा नेपालमा चैते धानको समर्थन मूल्य निर्धारण, धान भण्डारणको उचित व्यवस्थापन, किसानले उत्पादन गरेको दूधको भुक्तानी, उखु किसानले बिक्री गरेको उखुको मूल्य तथा सरकारबाट दिनुपर्ने अनुदान रकम भुक्तानीमा देखिएका विषयमा सरोकारवालासँग छलफल भएको थियो ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ६ : ३१ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६