अझै पनि ९१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ : कृषिमन्त्री « Khabarhub

अझै पनि ९१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ : कृषिमन्त्री


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषिमन्त्री रामनाथ अधिकारीले अझै पनि ९१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएका छन् ।  

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री अधिकारीले कृषि सामाग्री संस्थानको ३७ वटा गोदाम र साल्ट ट्रेडिङका गोदामहरूमा ९१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएका हुन् । उनले किसानहरूलाई निरन्तर रूपमा अभाव नहुनेगरि रासायनिक मल वितरण भइरहेको उल्लेख गरे ।

त्यस्तै उनले दुग्ध किसानहरूको साढे ३ अर्ब भन्दा बढी रकम सरकारी, निजी र साझेदारी फर्महरूले तिर्न बाँकी रहेको बताए । उनले गत वर्षको बजेट सिलिङ अनुसार उखु किसानलाई सरकारबाट दिनुपर्ने अनुदान रकम एक दुई दिनभित्रै किसानको खातामा पुग्ने जानकारी दिए ।  

बैठकमा नेपालमा चैते धानको समर्थन मूल्य निर्धारण, धान भण्डारणको उचित व्यवस्थापन, किसानले उत्पादन गरेको दूधको भुक्तानी, उखु किसानले बिक्री गरेको उखुको मूल्य तथा सरकारबाट दिनुपर्ने अनुदान रकम भुक्तानीमा देखिएका विषयमा सरोकारवालासँग छलफल भएको थियो ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ६ : ३१ बजे

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण