अर्थसंक्षेप : खराब कर्जा लुकाएका केही बैंक डुब्दै, अर्थतन्त्र ४ खर्बले बढ्यो र अर्थमन्त्रीले सुनाए २३ उपलब्धि « Khabarhub

अर्थसंक्षेप : खराब कर्जा लुकाएका केही बैंक डुब्दै, अर्थतन्त्र ४ खर्बले बढ्यो र अर्थमन्त्रीले सुनाए २३ उपलब्धि


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

आर्थिक वर्षभर अर्थमन्त्री पौडेलले के गरे ? यस्तो छ २३ दाबी

वर्तमान सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत असार ३१ गते चौथोपटक मुलुकको ढुकुटीको तालाचाबी जिम्मा लिए ।

आठौँपटक मन्त्री भएर सत्तालाभ लिइरहेका पौडेलले पछिल्लो कार्यकाल चालु आर्थिक वर्ष सुरु हुनुभन्दा ठीक एक दिन अघि थालेका थिए ।

यसबीच मन्त्री पौडेलले अर्थमन्त्रीको हैसियतमा पूर्ववर्ती सरकारले ल्याएको बजेट आकार संशोधन गरे । आगामी आर्थिक वर्षका लागि बजेट ल्याए । पूर्वसहमति बमोजिम सत्ता गठबन्धन टिकिरहे अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट पनि अन्त्यसम्म नै कार्यान्वयन गर्नेछन्‌ ।

चालु आर्थिक वर्षको बजेटको आकार फेर्ने र नयाँ बजेट ल्याउने बाहेक मन्त्री पौडेलले के गरे त ? आफैँले संशोधन गरेको बजेट कार्यान्वयनमा पनि उल्लेख्य उपलब्धि नभेटेका अर्थमन्त्री पौडेलले आर्थिक वर्षभर गरेको काम भन्दै २३ बुँदे फेहरिस्त प्रस्तुत गरेका छन्‌ ।

‘नयाँ स्टक एक्सचेन्ज जनता ठग्ने तरिका, अहिलेकै धितोपत्र बोर्ड सुधारौँ’

खराब कर्जा लुकाएका केही बैङ्क डुब्दैछन् ?

संसदको अर्थ समिति बैठकमा बुधबार राष्ट्रिय योजना आयोगका पूर्व–उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपाल राष्ट्र बैङ्कका पूर्व–कार्यकारी निर्देशक नरबहादुर थापाले तयारी सहितको विशेष प्रस्तुती राखे ।

प्रस्तुती क्रममा नेपाल राष्ट्र बैङ्कका पूर्व–कार्यकारी निर्देशक थापाले बैङ्कहरूले वास्तविक खराब कर्जा लुकाएको बताए । साथै, अहिले बैङ्कहरूले देखाएको भन्दा धेरै खराब कर्जा बैङ्कहरूमा रहेको उनको प्रस्तुतीमा उल्लेख थियो ।

थापाले खराब कर्जा बढी भएका कारण नै तरलता हुँदाहुँदै पनि बैङ्कले लगानी गर्न नसकेको बताए । उनले वीन्डो ड्रेसिङ गरेर खराब कर्जा लुकाइएकाले अहिले देखाइएको विवरण झुठ भएको समेत तर्क गरे ।

‘बैङ्कको पुँजीकोष नै पुगेन, बाहिर पाँच प्रतिशत एनपीएल (निष्क्रिय कर्जा) देखाइएको छ, तर वीन्डो ड्रेसिङबाट यो लुकाइएको हो, देखाइएको एनपीएलको विवरण फेक (नक्कली) हो’, थापाले समितिको बैठकमा भने, ‘राष्ट्र बैङ्कलाई १४/१५ प्रतिशत जति एनपीएल रहेको थाहा छ, त्यहीकारण बैङ्कहरूले अधिक तरलता हुँदाहुँदै कर्जा दिन सकिरहेका छैनन् ।

लिलामी प्रक्रियामा स्थानीय तहले सहयोग गरेनन् : बैंक तथा वित्तीय संस्था

कुकुरले खाने नेपाली छुर्पीले पिट्दैछ अमेरिकी बजार

नेपाली समाजमा छुर्पी भन्नासाथ चौँरी गाईको दुधबाट बनाएको मानिसले खाने दुग्धपरिकार ठानिन्छ । पहाडी र हिमाली भेगमा पुग्दा आफन्त वा साथीभाइलाई छुर्पी सौगात ल्याइदिने गरिएको छ ।

स्वदेशकै मौलिक उत्पादन भएकाले पनि छुर्पी नेपालीको स्वादमा गढेको छ । तर, अब नेपालको मौलिक छुर्पी नेपालमा मात्र होइन, विश्व बजारमा समेत पुग्न थालेको छ ।

तर, नेपालबाट निर्यात हुने छुर्पी विदेशीले अक्सर खाँदैनन् । बरु जनावरको पोषक खाद्यान्नका रूपमा प्रयोग गर्छन् । नेपाली छुर्पीले विदेशमा जनावरको खानाको परिचय बनाएको छ । नेपालबाट निर्यात हुने अधिकांश छुर्पी मुख्यतः कुकुरलाई खुवाउन प्रयोग हुने गर्छ ।

नेपालीले मौलिक तरिकाले बनाउँदै गरेको छुर्पीले पछिल्ला वर्षमा अमेरिका, क्यानडा र जापान जस्ता देशहरूमा बजार पाइरहेको छ । पछिल्लो समय छुर्पी निर्यात पनि ह्वात्तै बढेको छ ।

मुलुकको अर्थतन्त्र चालु वर्षमा ४ खर्बले बढ्यो, पुग्यो ६१ खर्ब

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ७ : १७ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि