‘नयाँ स्टक एक्सचेन्ज जनता ठग्ने तरिका, अहिलेकै धितोपत्र बोर्ड सुधारौँ’ « Khabarhub

‘नयाँ स्टक एक्सचेन्ज जनता ठग्ने तरिका, अहिलेकै धितोपत्र बोर्ड सुधारौँ’


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले निजी क्षेत्रलाई तत्काल नयाँ स्टक एक्सचेन्ज खोल्न दिनु जनतालाई ठग्ने अर्को तरिका हुने बताएका छन् ।

उनले बिहीबार बसेको अर्थ समिति बैठकमा बोल्दै यस्तो बताएका हुन्। शाहीले नयाँ स्टक एक्सचेन्जको आवश्यकता नभएको बताउँदै धितोपत्र बोर्ड (सेबोन) को गुणस्तर र कार्यक्षमतामा वृद्धि गरिनुपर्नेमा जोड दिएका छन्।

शाहीले आफ्नो भनाइमा हालको धितोपत्र बजारमा देखिएका समस्या र विकृतिलाई औँल्याएका छन्। उन जबसम्म विद्यमान नियामक निकाय र बजार संरचनालाई बलियो बनाइँदैन, तबसम्म नयाँ स्टक एक्सचेन्ज ल्याउनुको कुनै औचित्य नहुने बताए । यसो गर्दा सीमित व्यक्ति वा समूहको स्वार्थ पूर्ति हुने र सर्वसाधारण लगानीकर्ता थप जोखिममा पर्ने उनको भनाइ थियो ।

शाहीले पुँजी बजारमा देखिएको अपारदर्शिता, बजार चलखेल र प्रभावकारी नियमनको अभावलाई नयाँ स्टक एक्सचेन्ज खोल्नुअघि समाधान गरिनुपर्ने विषयका रूपमा प्रस्तुत गरे।

उनले विगतमा पनि पुँजी बजारमा भएका विभिन्न अनियमितताका घटना स्मरण गराउँदै नियामक निकायको क्षमता अभिवृद्धि नै पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए।

नेपालमा लामो समयदेखि दोस्रो स्टक एक्सचेन्जको आवश्यकता र औचित्यबारे बहस चल्दै आएको छ। सरकारी र निजी दुवै क्षेत्रबाट यसको स्थापनाका लागि चासो देखाइएको थियो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को एकाधिकार तोड्न र बजारमा प्रतिस्पर्धा बढाउनका लागि नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको भन्ने तर्क एकातिर छ।

यसले बजारलाई थप प्रतिस्पर्धी, पारदर्शी र आधुनिक बनाउने, लगानीकर्तालाई थप विकल्प दिने र नयाँ प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने विश्वास गरिन्छ।

तर, ज्ञानेन्द्र शाही जस्ता केही सांसद तथा विज्ञहरूले भने नेपालको पुँजी बजारको हालको आकार र सीमिततालाई हेर्दा दोस्रो स्टक एक्सचेन्ज तत्काल आवश्यक नभएको तर्क गर्दै आएका छन्।

उनीहरूले बजारको गहिराइ कम भएको अवस्थामा दुईवटा स्टक एक्सचेन्ज सञ्चालन गर्दा बजार खण्डीकरण हुने र यसले समग्र लगानी नै कमजोर बनाउन सक्ने जोखिम रहने उनीहरूको तर्क छ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ६ : ४६ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि