४० किलोग्राम लागूऔषध गाँजा र १ लाख २५ हजार नगदसहित पाँच जना पक्राउ « Khabarhub

४० किलोग्राम लागूऔषध गाँजा र १ लाख २५ हजार नगदसहित पाँच जना पक्राउ


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ४० किलोग्राम लागूऔषध गाँजा र १ लाख २५ हजार नगदसहित पाँच जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका ४ घर भएका १९ वर्षीय निराजन चेपाङ, १९ वर्षीय प्रकाश चेपाङ, २० वर्षीय शंकर चेपाङ,  ३६ वर्षीय जीवन प्रजा र ३८ वर्षीय सुमन चेपाङ रहेका छन् । 

काठमाडौं महानगरपालिका ३२ पाल्पाकोट चोक कोटेश्वरमा लागूऔषध गाँजा (पोलेन) को कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई कोटेश्वरस्थित एक घरमा डेरा गरी बस्ने सुमन चेपाङको कोठाबाट ४० किलोग्राम लागूऔषध गाँजा (पोलेन), १ लाख २५ हजार रुपैयाँ नगद र अन्य दसीका सामानहरूसहित बुधबार पक्राउ गरेको हो । 

उनीहरूका साथबाट १५० र २२० पल्सर दुई मोटरसाइकल र ३ थान मोबाइल पनि बरामद गरेको छ । उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ६ : ४७ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको