सर्लाही र रौतहटबाट स्रोत नखुलेको रकमसहित दुई जना नियन्त्रणमा | Khabarhub Khabarhub

सर्लाही र रौतहटबाट स्रोत नखुलेको रकमसहित दुई जना नियन्त्रणमा


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – स्रोत नखुलेको २३ लाख २८ हजार ५०० नेपाली र दुई लाख १५ हजार ५० भारतीय मुद्रासहित सशस्त्र प्रहरीले यही असार २६ गते दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सर्लाहीको मलङ्गवा नगरपालिका–८ सीमा इलाकाबाट १४ लाख नेपाली रुपैयाँसहित सोही नगरपालिका–२ बस्ने ३६ वर्षीय इन्द्रजितप्रसाद साहलाई नियन्त्रणमा लिइएको हो ।

भारतरबाट बिआर ३० के ४००९ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलङ्गवा र भन्सार कार्यालयको संयुक्त टोली उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी, रौतहट जिल्लाको गौर नगरपालिका–२ सीमा इलाकाबाट नौ लाख २८ हजार ५०० नेपाली रुपैयाँ र दुई लाख १५ हजार ५० भारतीय रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिइएको छ ।

सर्लाही जिल्लाको रामनगर गाउँपालिका–२ खयरवा बस्ने ३० वर्षका चन्दन पण्डितलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमासुरक्षा गुल्म गौरले नियन्त्रणमा लिएको हो ।

भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको जनाइएको छ ।

नियन्त्रणमा लिइएकालाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ९ : ५१ बजे

जेनेभाबाट राष्ट्र संघले भन्यो–  नेपालमा प्रदर्शनकारीको हत्याले स्तब्ध भयौँ

काठमाडौं– सोमबार नेपालमा प्रदर्शनकारीहरूको हत्या भएकोमा संयुक्त राष्ट्र संघीय मानवअधिकार

ललितपुरमा बिहान ७ बजेदेखि मध्यरातिसम्म कर्फ्यू

ललितपुर – ललितपुर जिल्ला प्रशासन ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यू

ओली सरकारविरुद्ध खनिए कलाकार

काठमाडौं – सरकारले २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय

भ्रष्ट देशमा आफ्नो संस्था दर्ता नगर्ने एक्सको जवाफ

काठमाडौं – सामाजिक सञ्जाल प्लाटफर्म एक्स (ट्विटर)ले भ्रष्ट देशमा आफ्नो

सोमबारको घटनाप्रति अमेरिकासहित ७ देशको ध्यानाकर्षण, अभिव्यक्ति स्वतन्त्रताको समर्थन

काठमाडौं– सोमबार काठमाडौं लगायत देशका विभिन्न भागमा भएको प्रदर्शनमाथि प्रहरीले