सर्लाही र रौतहटबाट स्रोत नखुलेको रकमसहित दुई जना नियन्त्रणमा « Khabarhub

सर्लाही र रौतहटबाट स्रोत नखुलेको रकमसहित दुई जना नियन्त्रणमा


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – स्रोत नखुलेको २३ लाख २८ हजार ५०० नेपाली र दुई लाख १५ हजार ५० भारतीय मुद्रासहित सशस्त्र प्रहरीले यही असार २६ गते दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सर्लाहीको मलङ्गवा नगरपालिका–८ सीमा इलाकाबाट १४ लाख नेपाली रुपैयाँसहित सोही नगरपालिका–२ बस्ने ३६ वर्षीय इन्द्रजितप्रसाद साहलाई नियन्त्रणमा लिइएको हो ।

भारतरबाट बिआर ३० के ४००९ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलङ्गवा र भन्सार कार्यालयको संयुक्त टोली उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी, रौतहट जिल्लाको गौर नगरपालिका–२ सीमा इलाकाबाट नौ लाख २८ हजार ५०० नेपाली रुपैयाँ र दुई लाख १५ हजार ५० भारतीय रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिइएको छ ।

सर्लाही जिल्लाको रामनगर गाउँपालिका–२ खयरवा बस्ने ३० वर्षका चन्दन पण्डितलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमासुरक्षा गुल्म गौरले नियन्त्रणमा लिएको हो ।

भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको जनाइएको छ ।

नियन्त्रणमा लिइएकालाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ९ : ५१ बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट