प्यारी न्यान्सी,
अविरल माया !
अघिल्लो महिनाको चिट्ठीमा मैले तिमीलाई असारको बखान सुनाएको थिएँ। हिलो माटोमा कर्मको यज्ञ लगाउने हाम्रो परम्पराको पोको फुकाएको थिएँ। मेरो हालसम्चार पढेर तिमीभित्र नजानिदो हुटहुटी पैदा भएको महसुस गरेको छु। असार १५ दही चिउराको सगुन बाँडेर ओझेलिँदै गर्दा साउन १५ खिर अनि गाईजात्राको सांस्कृतिक महिमा बोकेर मेरो चिट्ठी तिम्रो दैलो ढक्ढक्याउन आइपुगेको छ।
साउनसँगै चाडबाडका लस्कर शुरु भएका छन्। पात्रोका अधिकांश कोठामा रातो रंगको साम्राज्य छ। जब चाडपर्व नजिकिन्छन् अनि परदेशी मनमा एकप्रकारको खुल्दुलीले पौंठेजोरी खेल्न थाल्छ। रातो सारी र छड्के तिलहरीसँगै चेलीबेटी छमछमी नाचेका दृश्य सल्बलाउँछन्।
मनलाई आखिर भीसा चाहिँदैन। एकछिनअघि मृतसागरमा तैरिरहेको मन तत्काल सगरमाथाको टुप्पामा कावा खान पुग्छ। तीजको रसरमाइलोले तानेको मन पशुपतिको वनकालीमा बत्तिएर पुग्छ। हुन पनि सौन्दर्यको त्यो विचित्र लालिमाले कसलाई पो तान्दैन र ! रातो राम्रो र गुलियो मीठो भन्ने आहानले बोकेको मर्म पनि त्यही हो।
विवाहित त त्यसै पनि भइ गए, तीजमा विवाह नभएकाको चुरीफुरी पनि कम ठाँटिलो हुँदैन्। ‘फलानाकी छोरी गुन्यू चोलीमा कस्ती पुतली देखिएकी’ तीजले जुराउने शायद यही प्रतिक्रिया कतिका लागि लगनगाँठोको विगुल ठहरिएला।
विवाहित त त्यसै पनि भइ गए, तीजमा विवाह नभएकाको चुरीफुरी पनि कम ठाँटिलो हुँदैन्। ‘फलानाकी छोरी गुन्यू चोलीमा कस्ती पुतली देखिएकी’ तीजले जुराउने शायद यही प्रतिक्रिया कतिका लागि लगनगाँठोको विगुल ठहरिएला। हाम्रा चाडपर्व साँच्चै आत्मशान्ति र सौन्दर्यका सेतू हुन्। यही सम्मोहनले तानेर होला तिम्रा जर्ज ह्यारिसन गंगा नदीमा पहेंलो वस्त्र लगाएर आत्मशान्ति खोजिरहेका छन्। म्याडोना संस्कृत शब्दभित्र जीवनरस केलाउँदै छन्। तिमीलाई थाहा छ ? पाप र धर्मको दूरी त्यति टाढा छैन्। त्यही भात थालमा हुँदा भात ठहरिन्छ तर थालबाट झर्नासाथ जुठो हुन्छ। ईस्लाम धर्मले पृथ्वीका हरेक संरचनामा प्रभुको प्रभुत्व देख्छ। तर हिन्दु धर्मले केस्रा केलाएर देउतामा विभक्त गर्छ। यसरी हेर्दा यी दुई धर्मबीच ‘को’ भन्ने अक्षरको मात्र अन्तर छ।
मैले अनायास यस्ता विषय कोट्याउँदा तिमीलाई चक्रव्यूहमा फसेको अनुभव भइरहेको होला। मेरो लेखनीको उद्देश्य तिमीलाई पूर्वीय धर्म, संस्कृतिमा समाहित गराउने पटक्कै होइन। बरु एउटा कार्पेन्टरको छोराको असन्तुष्टिले उसलाई कसरी जिसस् क्राइष्ट बनायो ? मृत्युको कारण खोज्ने जिज्ञासाले लखेटेको एउटा युवराजले राजगद्दी छोडेको बद्लामा भगवान गौतम बुद्धको मर्यादा कसरी आर्जन ग-यो ?
जेलमा देवकीको गर्भमा जन्मिएका भगवान कृष्ण यशोदाको काखमा पुगेर कसरी हुर्किए ? भगवान हुन पनि हजार ठक्कर खानुपर्छ। रुक्मिणीसँग लगनगाँठो कसेका श्रीकृष्णको अमर प्रेमालाप राधासँग भयो। यी मिथक पर्गेलेर ल्याउँदा गर्लफ्रेण्डको चकचकी त त्यही बेला रहेको भान पर्छ। शक्ति राष्ट्रका वर्तमान राष्ट्रप्रमुख र सरकार प्रमुखको आकांक्षा श्रीकृष्णपथकै बाटो हो कि जस्तो लाग्छ।
जे होस् न धर्म भनेको हामीले धर्तीमा आ-आफ्नो कुरो बिकाउन खोलेको गुठीको व्यापार होइन्। धर्म भनेको कर्तव्य र अनुशासनको चास्नी हो। सत्यको मार्ग हो। जाडोमा घाम, गर्मीमा शितल, गरिबलाई दान, भोकोलाई रोटी नै धर्म हो। हिन्दु, बौद्ध, इसाई, मुस्लिम त मान्छेले चलाएको धन्दा मात्र हो। धर्म चलाउने भनिएका यी महामानवले कहिल्यै अविरको पहाडले आफूलाई पुर्न आव्हान गरेनन्।
जाडोमा घाम, गर्मीमा शितल, गरिबलाई दान, भोकोलाई रोटी नै धर्म हो। हिन्दु, बौद्ध, इसाई, मुस्लिम त मान्छेले चलाएको धन्दा मात्र हो।
रक्सी पसलमा रक्सीका बोतल आफू आफूमा जुधेको तिमीले देखेकी छ्यौ ? पुस्तकालयमा राखिएका वेद, बाइबल, कुरान र त्रिपिटक पुस्तक घम्साघम्सी गरेको थाहा छ ? अहँ, त्यो त धर्म नभएर मान्छेभित्र रहेको अहं लडेको हो। भोको पेटले धर्मको आडम्बर गाउन भनेन। तर मान्छेले ती अविचल धरोहरका नाममा आपूm अनुकूलको सोरठी गाए। यही भ्रमलाई हामीले धर्म ठान्यौं। एउटा बहुलट्ठीले डोरीलाई सर्प भनिदिँदा हामी कहालिएर ज्यानको भिख माग्न कुद्यौं।
हो संसारमा अँध्यारो छ र नै त, उज्यालोको बहस हुन्छ। रावणकै अस्तित्त्वले न त रामलाई भगवानको कोटीमा पु-याएको हो। यी सबै मन्थनपछि निस्किएको नौनी भनेको मानवताभन्दा पर अर्को ईश्वर छैन। हाँसोभन्दा सुन्दर अर्को भाषा छैन्। क्रोधभन्दा पर अर्को शत्रु छैन। मलाई थाहा छ– तिमीहरु पनि इतिहासका थुप्रै कहालिलाग्दा कालखण्ड पार गरेर यहाँ आइपुगेका हौं।
हाम्रा पितापुर्खा फर्पिङमा उत्पादन गरेको बिजुलीको उज्यालोमा रमाउँदा तिमीहरु टुकी युगमै थियौ। तिम्रो देशमा काला र गोराबीच विभेदको जात्रा हुँदा बरु हाम्रोमा न्यायको तराजु भरपर्दो थियो। काला र गोराले किन्ने बजारमा आफूलाई चाहिएको चिज बस्तु किन्न पाउँदैनथे। तिम्रो देशका चेरी, पुमा, डकोटा थरका आदिवासी आजकल हेलिकोप्टर, गाडी र मिठाइमा सीमित भएका छन्।
बरु कुसुण्डा, राउटे हाम्रो देशमा सरकारी बेतनका हकदार भएका छन्। अलिकति राजनीतिमा इमान धर्मराउँदा तिमीहरु युरेनियमबाट बिजुली निकाल्ने भएका छौँ। हामीहरु मरिचजस्तो खुम्चिएर आधा दिन चुक घोप्ट्याएजस्तो अन्धकारमा बाँच्न बाध्य छौं। त्यसैले भन्न लायक काम नगर्ने यहाँको राजनीतिक नेतृत्वको उमेर गन्नलायक बनेको छैन।
हामीहरु मरिचजस्तो खुम्चिएर आधा दिन चुक घोप्ट्याएजस्तो अन्धकारमा बाँच्न बाध्य छौं। त्यसैले भन्न लायक काम नगर्ने यहाँको राजनीतिक नेतृत्वको उमेर गन्नलायक बनेको छैन।
समयका रुखमा अनेकौं हाँगा पलाइसके। अनेकौं फूलहरु फुलेर झरिसके। समयका हाँगा फेरिए, पात फेरिए , पालुवा फेरिए। भित्ता त्यही हो, हामीले देख्दादेख्दै अनगिन्ती पात्रो फेरिए। क्षण, प्रतिक्षण, सेकेण्ड, मिनेट, घण्टा हुँदै समय दिनरात र वर्षमा चढ्दै शताब्दीयौं पार भइसक्यो। गाईले घाँस, बाघले मृग, सर्पले भ्यागुता खाने चक्रमा परिवर्तन आएको छैन। तर यी सबैको अभिभावक मानिस विश्वासको कुनै चक्रभित्र पस्न सकेको छैन्।
यही मानिस जसले माछा जस्तो पौडिन सिक्यो। चराजस्तो उड्न जान्यो। चितुवा जसरी दौड्न सिक्यो। कागजस्तो चलाख पनि दुरुस्तै हुन सक्यो। तर यतिका स्वभावलाई आफूभित्र अनुवाद गर्न सक्ने मानिसले मानिस भएर बाँच्न जानेन्।
मेरा भावना पढिरहँदा तिमीलाई झनक्क रिस उठ्यो होला। संसारको सबै शास्त्र र किताबका ठेली कण्ठस्थ हुँदा पनि मान्छेको अनुहार पढी साध्य नलाग्ने रहेछ। हामी जति समस्याका गाँठा फुकाउँछौं, उति जेलिँदै जान्छ। अस्ति बनाएको मित्र आज शत्रुमा परिणत भइसक्छ। अरु त अरु ९० वर्षको बाबु आफ्नो ६० नाघेको छोरासंग अंशमा बादविवाद भएपछि चिच्याउँदै भन्छ- ‘तँ कति नालायक रहिछस् बल्ल चिनें।’ आफ्नै काखमा हुर्काएर साठी वर्ष पुग्दा पनि आफ्नै छोरो नचिन्ने बाउ कस्तो होला ?
यस्तो भएपछि जान्नु, बुझ्नु र चिन्नुको चक्रव्यूहमा घुमेको मानव जीवन कति तारेभीर बन्दो होला ? चोखो भाँडो होइन, मान्छेको मन हो। मनलाई चोखो, पवित्र र स्निग्ध बनाऊँ। यही नै धर्मको सार हो। मुक्तिको बाटो हो। अझ तप, जप र पूजा नै यही हो।
एउटा युग, जुनवेला हाम्रा पिता पुर्खा ढुंगामा ढुंगा घोटेर आगो बाल्थे। बाँस अथवा वनस्पतिको पातलाई कपडाको रुपमा प्रयोग गर्थे। ओडारमा बस्थे। त्यही युगमा त्यो पुस्ताले जीविकोपार्जनका लागि धेरै वस्तुको आविष्कार गरेको थियो। त्यही पुस्ताको आविष्कारको परिमार्जित तथा आधुनिक रुप अहिलेको पुस्ताले प्रयोग गरिरहेको छ। भनिन्छ नि- धेरै गौर गरेर हे-यो भने आफ्नै जन्मदिने बाउ पनि ढेडूजस्तो देखिन्छ रे !
परख गरी ल्याउँदा संसारको चुल्हो एउटै हो। त्यही मासु, त्यही अण्डा, पाउरोटी, भात, तेलहन, सागसब्जीको प्राण धानिएको छ। फरक भनेको मसला, नूनतेल र पानीको मात्रा हो। कोही तारेर खान्छन् त कोही झोलमा रमाउँछन्।
परख गरी ल्याउँदा संसारको चुल्हो एउटै हो। त्यही मासु, त्यही अण्डा, पाउरोटी, भात, तेलहन, सागसब्जीको प्राण धानिएको छ। फरक भनेको मसला, नूनतेल र पानीको मात्रा हो। कोही तारेर खान्छन् त कोही झोलमा रमाउँछन्। गरिब भएर के गर्नु नेपाली यति सोखिन छन्, मिल्ने भए भँगेराको मासुको पनि फिला र ह्याकुलो रोज्ने थिए।
आखिर संसारको शत्रु मानिने त्यही मुसाले संसारभर अन्नको बीउ एकबाट अर्को ठाउँ ओसारेर मानिसको जीवन सहज बनाइदियो। अब भन- कसलाई शत्रु भन्नु , कसलाई मित्रु ? भगवान गौतम बुद्धले भने झैं आफ्नो जीवनको बत्ती आफैं बन्ने हो। न यता न उता मध्यमार्गी बाटो सहज जीवनको राजमार्ग हो। जेन्जी, अल्फा जुनसुकै पुस्ता जन्मिए पनि एआईले पठाइदिएको चित्रले मायाको स्पर्श दिँदैन्। आँखाको आँसु रोक्ने एन्टीबायोटिक त नाकमुनिको फुल्ने हाँसो नै त हो।
तिमीलाई सदा माया गर्ने…
प्रतिक्रिया