एथलेटिक क्लबविरुद्ध आर्सनलको सहज जित « Khabarhub

एथलेटिक क्लबविरुद्ध आर्सनलको सहज जित


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्सनले  स्पेनको एथलेटिक क्लब बिल्वाओविरुद्ध ३–० को सहज जित निकालेको छ । इङ्लिस क्लब आर्सनले प्रि–सिजन मैत्रीपूर्ण खेल (इमिरेट्स कप) बिल्वाओबिरूद्द ३–० को सहज जित निकालेको हो ।

इमिरेट्स रंगशालामा घरेलु टोली आर्सनललाई जित दिलाउन भिक्टर ग्योकेरेस, बुकायो साका र काइ हाभर्टेजले गोल गरेर योगदान गरेका थिए । जसअनुसार  पहिलो हाफको ३४औं मिनेटमा ग्योकेरेसको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो भने त्यसको दुई मिनेटपछि नै साकाले टोलीको लागि दोस्रो गोल गरिदिए ।

उता, दोस्रो हाफमा हाभर्टेजले ८२ औं मिनेटमा गोल गर्दा आर्सनलले ३–० को सहज जित दर्ता गर्न सफल भयो ।  यससँगै आर्सनलले प्रि–सिजन टुरको अन्त्य गरेको छ । प्रि–सिजनमा आर्सनलले पाँच खेल खेल्दा यसअघि तीन जित र एक हारको नतिजा निकालेको थियो ।

अब आर्सनलले अगस्ट १७ मा म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्दै प्रिमियर लिगको सुरुआत गर्नेछ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : ३६ बजे

सर्वदलीय बैठक बालेनको खोजी, नेताहरूले भने, ‘अन्तर्राष्ट्रिय समुदायसँग पनि छलफल थालौँ’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले राखेको सर्वदलीय बैठकमा सबै

बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कपिलवस्तु– विजयनगर गाउँपालिका-७ गेडुवाजोत बस्ने ५५ वर्षीया राममती यादवको करेन्ट लागेरमंगलबार

पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

कास्की– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला

रसुवागढी हाइड्रोको पावरहाउसमा अझै कर्मचारी फसेको परिवारको दाबी, सेनाको खोजीमाथि उठ्यो प्रश्न

काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी

न्युयोर्कमा छुरा प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

एजेन्सी– न्युयोर्क सहरको व्यस्त स्थान टाइम्स स्क्वायर क्षेत्रमा भएको आक्रमणमा