दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु « Khabarhub

दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

देउखुरी – दाङमा दुईवटा सवारी साधन (मोटरसाइकल)एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् ।

 घोराही– तुलसीपुर सडकखण्डको तुलसीपुर–१८ दुधरासमा  तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लुप्र०२–००१प ११२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु३४प ५४०६ नम्बरको मोटरसाइकल शनिबार बेलुकी एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा परी राप्ती गाउँपालिका–५ लठ्ठहवाका ४६ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ । उनीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा शनिबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहीले जानकारी दिए ।

त्यस्तै दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका–५ का २७ वर्षीय नवराज पौडेल मोटरसाइकलमा पछाडि सवार बारा विश्रामपुर गाउँपालिका–२ घर भई हाल तुलसीपुर–५ मा बस्ने १८ वर्षीय रोशन पण्डित घाइते भएका छन् । घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : ४७ बजे

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि