गाजा कब्जा योजनाविरुद्ध इजरायलमा व्यापक प्रदर्शन « Khabarhub

गाजा कब्जा योजनाविरुद्ध इजरायलमा व्यापक प्रदर्शन


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – गाजापट्टी कब्जा गर्ने इजरायली सरकारको योजनविरुद्ध जेरुसेलममा प्रदर्शन भएको छ । उग्रवादी समूह हमासको कब्जामा रहेका बन्धकको रिहाइ निम्ति शनिबारदेखि नै इजरायलको राजधानी जेरुसेलममा प्रदर्शन भएको हो ।

जेरुसेलममा सडकमा केन्द्रित भएका प्रदर्शनकारीहरूले प्रधानमन्त्री बेञ्ज्यामिन नेतन्याहूको निवासतर्फ मार्च गरेका छन्‌ । गाजा शहर पूर्ण रूपमा कब्जा गर्ने नेतन्याहू सरकारको योजनाविरुद्ध प्रदर्शनकारीहरूले आक्रोश पोखेका छन्‌ ।

इजरायलका पूर्वसैनिक म्याक्स क्रिस पनि प्रदर्शनमा सहभागी थिए । उनले बोकेको प्लेकार्डमा ‘म अस्वीकार गर्छु’ लेखिएको थियो ।

जेरुसेलममा मात्र होइन, गाजा कब्जा योजनाविरुद्ध इजरायलको तेल अभिभ र हाइफासहित धेरै शहरहरूमा विरोध प्रदर्शन आयोजना गरिएको छ ।

गाजा कब्जा गर्ने इजरायली योजनाको संयुक्त राष्ट्रसङ्घसहित बेलायत, फ्रान्स, अस्ट्रेलिया, टर्की, जर्मनी, फिनल्याण्ड र क्यानडा समेत कयौँ देशले निन्दा गरेका छन्‌ ।

राष्ट्रसङ्घले इजरायलको यो कारबाही गाजामा इजरायली बन्धक र प्यालेस्टाइनी नागरिकका लागि विनाशकारी परिणाम हुने चेतावनी दिइसकेको छ ।

इजरायली सुरक्षा परिषद्‌लेउ शुक्रबार गाजा शहरमा नियन्त्रण गर्ने प्रधानमन्त्री नेतन्याहूको योजनालाई अनुमोदन गरेको थियो ।
इजरायली सेनाले गाजा शहर नियन्त्रण र युद्ध अन्त्य गर्न सुरक्षा परिषद्‌ले दिएको पाँच चरण अन्तर्गत काम गर्ने जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ११ : २७ बजे

तनावबीच उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र प्रहार

एजेन्सी– दक्षिण कोरियासँग सम्बन्ध सुधारको सम्भावनालाई नै अस्वीकार गर्दै उत्तर

नयाँ वर्षमा टाटा गाडी एक्सचेन्ज गर्ने अवसर

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि

सुदूरपश्चिममा १० प्रतिशतले बढ्यो गरिबी, प्रदेश सरकार चिन्तित

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता

‘सडक दुर्घटनामा बर्षेनि हजारौँको ज्यान जान्छ, तत्काल सुरक्षाको काम गरौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिना मियाँ सडक सुरक्षाका लागि