गाजा कब्जा योजनाविरुद्ध इजरायलमा व्यापक प्रदर्शन « Khabarhub

गाजा कब्जा योजनाविरुद्ध इजरायलमा व्यापक प्रदर्शन


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – गाजापट्टी कब्जा गर्ने इजरायली सरकारको योजनविरुद्ध जेरुसेलममा प्रदर्शन भएको छ । उग्रवादी समूह हमासको कब्जामा रहेका बन्धकको रिहाइ निम्ति शनिबारदेखि नै इजरायलको राजधानी जेरुसेलममा प्रदर्शन भएको हो ।

जेरुसेलममा सडकमा केन्द्रित भएका प्रदर्शनकारीहरूले प्रधानमन्त्री बेञ्ज्यामिन नेतन्याहूको निवासतर्फ मार्च गरेका छन्‌ । गाजा शहर पूर्ण रूपमा कब्जा गर्ने नेतन्याहू सरकारको योजनाविरुद्ध प्रदर्शनकारीहरूले आक्रोश पोखेका छन्‌ ।

इजरायलका पूर्वसैनिक म्याक्स क्रिस पनि प्रदर्शनमा सहभागी थिए । उनले बोकेको प्लेकार्डमा ‘म अस्वीकार गर्छु’ लेखिएको थियो ।

जेरुसेलममा मात्र होइन, गाजा कब्जा योजनाविरुद्ध इजरायलको तेल अभिभ र हाइफासहित धेरै शहरहरूमा विरोध प्रदर्शन आयोजना गरिएको छ ।

गाजा कब्जा गर्ने इजरायली योजनाको संयुक्त राष्ट्रसङ्घसहित बेलायत, फ्रान्स, अस्ट्रेलिया, टर्की, जर्मनी, फिनल्याण्ड र क्यानडा समेत कयौँ देशले निन्दा गरेका छन्‌ ।

राष्ट्रसङ्घले इजरायलको यो कारबाही गाजामा इजरायली बन्धक र प्यालेस्टाइनी नागरिकका लागि विनाशकारी परिणाम हुने चेतावनी दिइसकेको छ ।

इजरायली सुरक्षा परिषद्‌लेउ शुक्रबार गाजा शहरमा नियन्त्रण गर्ने प्रधानमन्त्री नेतन्याहूको योजनालाई अनुमोदन गरेको थियो ।
इजरायली सेनाले गाजा शहर नियन्त्रण र युद्ध अन्त्य गर्न सुरक्षा परिषद्‌ले दिएको पाँच चरण अन्तर्गत काम गर्ने जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ११ : २७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको