कृषि विकास बैंकको नाफा बढ्यो « Khabarhub

कृषि विकास बैंकको नाफा बढ्यो


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि विकास बैंकले अघिल्लो आर्थिक वर्ष (आव) ०८०-८१ को तुलनामा गत आर्थिक वर्षमा नाफा वृद्धि गरेको छ । गत आव ०८१-८२ को तेस्रो चौमासिक अवधिको तथ्यांकअनुसार बैंकले गत आवमा ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आवमा यस्तो नाफा २ अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ मात्रै गरेको थियो ।

बैंकले गत आवमा खुद ब्याज आम्दानी ९ अर्ब ८२ करोड १४ लाख ८४ हजार आम्दानी गरेको छ । यस्तो आम्दानी अघिल्लो आवको सोही अवधिमा १० अर्ब ५५ करोड २७ लाख ८१ हजार रुपैयाँ गरेको थियो । बैंकले गत आवमा कुल सञ्चालन आम्दानी भने केही ११ अर्ब ९९ करोड ५८ लाख २१ हजार गरेको छ । जुन आम्दानी अघिल्लो आवमा यस्तो आम्दानी १२ अर्ब २२ करोड २ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।

बैंकले गत आवमा कुल सञ्चालन नाफा ५ अर्ब ८४ करोड ७६ लाख २७ हजार रुपैयाँ गरेको छ । जुन नाफा अघिल्लो आवको सोही अवधिमा ४ अर्ब १३ करोड ८८ लाख ५८ हजार रुपैयाँ गरेको थियो ।

बैंकले गत आवमा प्रतिशेयर नाफा १५.५८ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ । बैंकको जोखिमभारित पुँजीकोष भने अघिल्लो आवको तुलनामा वृद्धि भएर १३.३६ प्रतिशत पुगेको छ, जुन अघिल्लो आवको सोही अवधिसम्म १२.७४ प्रतिशत रहेको थियो । 

त्यस्तै, गत आवको समीक्षा अवधिसम्म बैंकको कुल कर्जामा खराब कर्जा ३.२६ प्रतिशत पुगेको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा कम हो ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ११ : ३४ बजे

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज