वन्यजन्तुको आक्रमणमा ज्यान गुमाएकाका परिवारलाई एक करोड ६० लाख क्षतिपूर्ति « Khabarhub

वन्यजन्तुको आक्रमणमा ज्यान गुमाएकाका परिवारलाई एक करोड ६० लाख क्षतिपूर्ति


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

तनहुँ– वन्यजन्तु आक्रमणमा परी मृत्यु भएका यहाँका पीडित परिवारलाई डिभिजन वन कार्यालयले क्षतिपूर्तिस्वरुप रु एक करोड ६० लाख प्रदान गरेको छ । जिल्लाको विभिन्न स्थानमा गरी चितुवाको आक्रमणबाट ज्यान गुमाएका १६ बालबालिकाका परिवारलाई जनही रु १० लाखका दरले रकम हस्तान्तरण गरिएको हो । 

वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा १० लाख क्षतिपूर्ति दिने व्यवस्था रहेअनुरुप हालसम्म उक्त रकम उपलब्ध गराइएको वन अधिकृत तथा सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए ।

 उनले भने, “वन्यजन्तुको आक्रमणबाट घाइते भएका २१ जनालाई रु नौ लाख ४५ हजार ५२६ उपचार खर्च प्रदान गरिएको छ ।” 

विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म आठ वर्षको अवधिसम्म जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी ११ बालक र पाँच बालिकाको ज्यान गएको छ ।   

‘चितुवा आतङ्क बढ्न थालेपछि जिल्लाका आठ स्थानमा चितुवाका लागि खोर राखिएको छ,’ उनले भने, ‘पछिल्लो समय बन्दीपुर क्षेत्र बढी प्रभावित देखिएकाले पासो राखिएको छ ।’

बन्दीपुरका पाँच सामुदायिक विद्यालय र मानिसको जमघट हुने सार्वजनिकस्थलमा चितुवाको आक्रमणबाट कसरी जोगिन सकिन्छ भन्ने सचेतनामूलक होडिङ बोर्डसमेत राखिएको कार्यालयले जनाएको छ । 

चितुवाबाट जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायत पालिकामा बढी प्रभावित छन् । चितुवाको आक्रमणबाट सबैभन्दा धेरै भानु नगरपालिका प्रभावित भएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की ८ वर्षीया सुप्रीति थापा, बन्दीपुर–१ का ५ वर्षीय सुप्रिम थापा र बन्दीपुर–३ की ११ वर्षीया डिना चेपाङ छन् । यसैगरी, व्यास नगरपालिका–१२ छर्कनका ८ वर्षीय अभिनव कुँवर, भानु नगरपालिका–३ का ६ वर्षीय विशाल श्रेष्ठ, भानु–४ की ४ वर्षीया रञ्जिता लम्साल, भानु–२ की ८ वर्षीया पुष्पा अधिकारी, सोही वडाका १० वर्षीय अमृत गुरुङ र ७ वर्षीय ऋतिक रोकाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । 

त्यसैगरी, भानु–१ का कुशल बानियाँ, शुक्लागण्डकी नगरपालिका–३ का २ वर्षीय रविन नेपाली, आँबुखैरेनी नगरपालिका–१ का ८ वर्षीय पुजन सिञ्जाली, बन्दीपुर–४ का ११ वर्षीय इसाक सुनार र शुक्लागण्डकी–२ नारायण राना, बन्दीपुर  गाउँपालिका–५ याम्पाका १३ वर्षीय सुन्दर अछामी र ९ वर्षीया अनुजा विकको पनि चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।  

कार्यालयका अनुसार विभिन्न ठाउँमा गरी २० स्थान पासो राखिसकिएको छ । एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः आक्रमण गर्ने सम्भावना रहने हुँदा नियन्त्रणमा लिन सोही ठाउँ आसपासमा पासो राख्ने गरिएको वन अधिकृत नवीन विश्वकर्माले बताए।  
 

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १२ : ५७ बजे

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि ४१ लाख

भोटेकोशी बाढीपछि शव खोजी र उद्धारमा सेना, ड्रोन र रबरबोटसहित ४३६ जना खटिए

चितवन– भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ

फ्लप बन्यो प्रियंकाको ‘कपी’ फिल्म ‘मास्टर्नी’

काठमाडौं – नायिका प्रियंका कार्कीको होम प्रोडक्सनमा बनेको पहिलो फिल्म

बेत्रावतीबासी भन्छन्- तत्काल गम्भीर भएर उद्धार गरिदिनुस्

काठमाडौं– रसुवा बाढीका कारण पूर्ण रुपमा क्षति भएको बेत्रावतीका स्थानीयहरुले

रसुवा बाढी : बेपत्ताको संख्या यकिन गर्न कठिन, खोजी तथा उद्धार तीव्र

काठमाडौं – रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न