कीर्तिपुरमा सागल र कुतुसाले निकालेको सापारु (तस्बिरहरू) « Khabarhub

कीर्तिपुरमा सागल र कुतुसाले निकालेको सापारु (तस्बिरहरू)


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर – श्रावण शुक्ल पूर्णिमाको भोलिपल्ट अर्थात्‌ प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने गाईजात्रा आजदेखि सुरु भएको छ । देशभरका नेवारी बस्तीमा ‘गाईजात्रा’ चलिरहँदा काठमाडौँको कीर्तिपुरबासीले भने ‘सापारु’ निकालेका छन्‌ ।

पितृगणको सम्झना र गणना गर्ने पर्व गाईजात्रालाई नै नेपाल भाषामा ‘सापारु’ भनिन्छ । कीर्तिपुरमा प्रत्येक वर्ष सापारु पर्व हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

सापारु पर्व कीर्तिपुरका टोलहरूले आलोपालो आयोजना गर्छन्‌ । यो वर्ष सापारु आयोजना गर्ने जिम्मा कीर्तिपुर नगरपालिका-३ मा दुई टोल सागल र कुतुसाले पाएका छन्‌ । सापारु आयोजना गर्न कीर्तिपुरमा ‘सागः कुतुसा आखाः खलः सायाः ग्वसाः खलः ११४५’ नै गठन गरिएको छ ।

खलः ले कीर्तिपुरबासीहरूलाई यो वर्ष निधन भएकाको तस्बिर उपलब्ध गराउन यसअघि नै अनुरोध गरेको थियो । सोही अनुरोधअनुसार उपलब्ध तस्बिरहरू सापारुमा देखाइएको छ ।

कीर्तिपुरमा यस वर्ष सापारु मनाउन सागः कुतुसा आखाः खलःको अध्यक्षमा रामशरण महर्जन र उपाध्यक्षमा ज्ञानलक्ष्मी डङ्गोल नियुक्त भएका छन्‌ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १ : ४९ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध