कीर्तिपुरमा सागल र कुतुसाले निकालेको सापारु (तस्बिरहरू) « Khabarhub

कीर्तिपुरमा सागल र कुतुसाले निकालेको सापारु (तस्बिरहरू)


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर – श्रावण शुक्ल पूर्णिमाको भोलिपल्ट अर्थात्‌ प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने गाईजात्रा आजदेखि सुरु भएको छ । देशभरका नेवारी बस्तीमा ‘गाईजात्रा’ चलिरहँदा काठमाडौँको कीर्तिपुरबासीले भने ‘सापारु’ निकालेका छन्‌ ।

पितृगणको सम्झना र गणना गर्ने पर्व गाईजात्रालाई नै नेपाल भाषामा ‘सापारु’ भनिन्छ । कीर्तिपुरमा प्रत्येक वर्ष सापारु पर्व हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

सापारु पर्व कीर्तिपुरका टोलहरूले आलोपालो आयोजना गर्छन्‌ । यो वर्ष सापारु आयोजना गर्ने जिम्मा कीर्तिपुर नगरपालिका-३ मा दुई टोल सागल र कुतुसाले पाएका छन्‌ । सापारु आयोजना गर्न कीर्तिपुरमा ‘सागः कुतुसा आखाः खलः सायाः ग्वसाः खलः ११४५’ नै गठन गरिएको छ ।

खलः ले कीर्तिपुरबासीहरूलाई यो वर्ष निधन भएकाको तस्बिर उपलब्ध गराउन यसअघि नै अनुरोध गरेको थियो । सोही अनुरोधअनुसार उपलब्ध तस्बिरहरू सापारुमा देखाइएको छ ।

कीर्तिपुरमा यस वर्ष सापारु मनाउन सागः कुतुसा आखाः खलःको अध्यक्षमा रामशरण महर्जन र उपाध्यक्षमा ज्ञानलक्ष्मी डङ्गोल नियुक्त भएका छन्‌ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १ : ४९ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष