गाजा कब्जा गर्ने इजरायली निर्णयपछि बस्दै राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक « Khabarhub

गाजा कब्जा गर्ने इजरायली निर्णयपछि बस्दै राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (युएनएससी) ले गाजा सिटी कब्जा गर्ने इजरायलको योजनाबारे छलफल गर्न आकस्मिक बैठक बस्ने भएको छ।

गत शुक्रबार इजरायली सुरक्षा क्याबिनेटले अनुमोदन गरेको उक्त योजनाले अन्तर्राष्ट्रिय आलोचना भोगिरहेको छ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले यसलाई गाजा पट्टीमा २२ महिना लामो युद्धको बीचमा आएको ‘खतरनाक उभार’ भनेका छन्।

डेन्मार्क, फ्रान्स, ग्रीस, बेलायत र स्लोभेनियाको अनुरोधमा बोलाइएको यो बैठक न्यूयोर्कमा स्थानीय समयअनुसार बिहान १० बजे सुरु हुनेछ। युएनएससी प्रतिवेदन अनुसार, अमेरिकाबाहेकका सबै सदस्यले बैठक आह्वानको पक्षमा मतदान गरेका थिए।

संयुक्त राष्ट्रका प्रतिवेदकहरूले गाजाको मुख्य सहर कब्जा गर्दा हुने सम्भावित परिणामबारे विवरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

इजरायलको निर्णयपछि जर्मनी, बेलायत, इटाली, न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्त विज्ञप्ति जारी गर्दै योजनालाई अस्वीकार गरेका छन्।

विज्ञप्तिमा यस कदमले मानवीय सङ्कट अझ गहिरो बनाउने, बन्धकको ज्यान जोखिममा पार्ने र ठूलो संख्यामा सर्वसाधारण विस्थापन हुने चेतावनी दिइएको छ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १ : ४३ बजे

‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन

काठमाडौं – गत असोज ३१ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र

संसद् पुनर्स्थापनालाई लिएर कांग्रेसमा भाँडभैलो, दलको निवेदन सर्वाेच्चमा, महामन्त्री भन्छन्– पार्टीको होइन

काठमाडौँ– नेपाली कांग्रेस पनि संसद् पुन: स्थापनाको पक्षमा उभिँदै सर्वाेच्च

पुलिसले जित्यो महिला भलिबल प्रतियोगिताको उपाधि

झापा – अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको आज भएको फाइनल

मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर

काठमाडौं – उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले विवाद

अल्झन, आरोप प्रत्यारोपबीच सिरियाको सङ्क्रमणकालको एक वर्ष पूरा

जेनेभा – सिरियामा शासक बशर अल–असदलाई सत्ताच्युत गरेको एक वर्षसम्म