ट्रम्पको प्रस्तावबारे जेलेन्स्कीको अडान- युक्रेनी भूमि रूसलाई दिने सर्तमा युद्धविराम सम्भव छैन « Khabarhub

ट्रम्पको प्रस्तावबारे जेलेन्स्कीको अडान- युक्रेनी भूमि रूसलाई दिने सर्तमा युद्धविराम सम्भव छैन


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

किभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कुनै हालतमा युक्रेनलाई दोस्रो पटक विभाजन गर्न नदिने बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा भिडियो पोस्ट गर्दै उनले रूसलाई जमिन दिएर नभई न्यायपूर्ण र निष्पक्ष युद्ध अन्त्य गरेर मात्रै शान्ति आउन सक्ने पनि बताएका छन् ।

‘हामी विभाजनको यो दोस्रो प्रयासलाई विफल पार्नेछौँ । हामी रूसलाई जान्दछौँ, जहाँ दोस्रो विभाजन हुन्छ, त्यहाँ तेस्रो पनि हुन्छ’, उनले भनेका छन्, ‘त्यसैले हामी आफ्नो अडानमा अडिग छौँ । युद्ध शान्ति र बलियो सुरक्षा ढाँचाको साथ समाप्त हुनुपर्छ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अगस्ट १५ मा अलास्कामा भेट्न लागेका छन् । उनीहरूबीच जारी युद्ध अन्त्य गर्ने विषयमा छलफल हुने भएको छ ।

ट्रम्पले यसअघि युद्ध अन्त्य गर्न केही क्षेत्र साटासाट गर्नुपर्ने बताएका थिए। ट्रम्पको उक्त सर्तलाई जेलेन्सकीले अस्वीकार गरिदिएका हुन् ।

ट्रम्प यसपछि युक्रेनी राष्ट्रपति भ्लादिमार जेलेन्स्कीसँग पनि त्रिपक्षीय वार्ता गर्न चाहन्छन्। उनीहरू यस वार्तामा पुटिनलाई पनि समावेश गर्न चाहन्छन् ।

अमेरिका र रुसका राष्ट्रपतिबीचको अन्तिम भेट सन् २०२१ जुनमा भएको थियो । त्यसबेला तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेन र पुटिनबीच जेनेभामा कुरा भएको थियो ।

चार वर्षपछि हुन लागेको यो बैठकका सम्बन्धमा ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले बुधबार पुष्टि गरेकी थिइन् । ‘रुसले ट्रम्पलाई भेट्ने इच्छा व्यक्त गरेको छ । ट्रम्प पुटिन र जेलेन्स्की दुवैसँग भेट्न तयार छन्’, उनले भनेकी थिइन् ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  २ : ०६ बजे

राष्ट्रियसभा बैठकः भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्न माग

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था

तनावबीच उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र प्रहार

एजेन्सी– दक्षिण कोरियासँग सम्बन्ध सुधारको सम्भावनालाई नै अस्वीकार गर्दै उत्तर

नयाँ वर्षमा टाटा गाडी एक्सचेन्ज गर्ने अवसर

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि

सुदूरपश्चिममा १० प्रतिशतले बढ्यो गरिबी, प्रदेश सरकार चिन्तित

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता