भारतीय सेनाको अर्को दाबी, अपरेशन सिन्दूर’मा ५ पाकिस्तानी लडाकु जहाज खसाल्यौँ | Khabarhub Khabarhub

भारतीय सेनाको अर्को दाबी, अपरेशन सिन्दूर’मा ५ पाकिस्तानी लडाकु जहाज खसाल्यौँ


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

चेन्नई – भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले ‘अपरेशन सिन्दूर’ का क्रममा सरकारले सेनालाई पूर्ण स्वतन्त्रता दिएको बताएका छन्।

आईटीआई मद्रासमा ४ अगस्टमा ‘अग्निशोध’ – इन्डियन आर्मी रिसर्च सेल (आईएआरसी) को उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘कतै हामीले दुश्मनलाई शह–मात दिइरहेका थियौं, कतै जीवन जोखिममा पार्दै पनि पछि हटिरहेका थियौं। यही त जीवन हो’, उनले भनेका छन् ।

उनका अनुसार यो परिस्थितिलाई ‘ग्रे जोन’ भनिन्छ, जसको मतलब यो पारम्परिक अपरेशन होइन। उनले ‘अपरेशन सिन्दूर’ लाई योजनाबद्ध, गोप्य सूचनामा आधारित र भारतको आतंकवादविरुद्धको लडाइँमा नयाँ अध्याय भनेका छन् ।

जनरल द्विवेदीका अनुसार २५ अप्रिलमा उत्तरी कमानको भ्रमण गर्दै अपरेशनको योजना बनाइएको थियो।

यसमा पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मिरका ९ मध्ये ७ चरमपन्थी ठेगाना ध्वस्त पारिएको उनले बताए धेरै चरमपन्थी मारिएको पनि उनले दाबी गरे।

त्यसपछि २९ अप्रिलमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग बैठक भएको उनले बताए । ‘‘अपरेशन सिन्दूर’ भन्ने सानो नामले नै देशलाई एकजुट गरेर सबैलाई प्रेरित गर्‍यो’, उनले भने, ‘त्यसैले कतिपयले ‘किन युद्ध रोकेको?’ भनेर प्रश्न गरे, हामीले त्यसको जवाफ पनि दिएका छौँ।’

उता भारतीय एयरफोर्स प्रमुख एपी सिंहले अनुसार अपरेशन सिन्दूरका क्रममा पाकिस्तानका पाँच लडाकु विमान खसालिएको बताए।

३०० किलोमिटर टाढाबाट एक निगरानी विमान खसालिएको पनि उनले बताए । जुन काम सतहबाट हावामा हान्ने मिसाइलले गरेको उनले बताए । ‘यस अपरेशनमा एस-४०० एयर डिफेन्स प्रणाली गेम–चेन्जर सावित भयो । पाकिस्तानले यसलाई भेद्न सकेन।’

उता पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले शनिबार भारतीय वायुसेना प्रमुखको दाबीलाई अस्वीकार गर्दै यसलाई अविश्वसनीय र गलत समयमा गरिएको टिप्पणी भनेका थिए।

‘सीमामा भएको लडाइँमा भारतीय सेनाले ठूलो क्षति भोग्यो’, उनले भने । दुवै देशले आफ्ना विमानको वास्तविक संख्या स्वतन्त्र जाँचका लागि खुला गर्नुपर्ने पनि उनले सुझाव दिए।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  २ : २१ बजे

लापसे गरी सवारी चलाएका नौ चालक बनेपा प्रहरीको नियन्त्रणमा

काठमाडौँ – लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका नौ चालकलाई

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

वीरगञ्ज (पर्सा) : पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले