पाकिस्तानका ६ लडाकु विमान खसालेको भारतको दाबी « Khabarhub

पाकिस्तानका ६ लडाकु विमान खसालेको भारतको दाबी


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले गत मे महिनामा सञ्चालन गरेको सैन्य कारवाहीका क्रममा पाकिस्तानका छ लडाकु विमान खसालेको दाबी गरेको छ । भारतीय वायुसेना प्रमुख एअर चिफ मार्शल अमरप्रित सिंहले सीमा क्षेत्रमा भएको हवाई द्वन्द्वमा भारतीय वायुसेनाले सफलतापूर्वक पाकिस्तानी विमानहरूलाई जानकारी दिएका हुन् ।

उनका अनुसार भारतीय वायुसेनाले रुसमा निर्मित एस-४०० हवाई प्रतिरोधी क्षेप्यास्त्र प्रणालीको प्रयोग गरी पाकिस्तानी लडाकु विमान खसालेको हो ।

पाकिस्तानले भने यो दाबीलाई अस्वीकार गरेको छ । पाकिस्तानले भारतीय पक्षको भनाइलाई ‘प्रचार’ को संज्ञा दिएको छ ।

पाकिस्तानी सेनाले आफ्ना कुनै पनि विमान नष्ट नभएको र यो भारतको तर्फबाट गलत सूचना फैलाउने प्रयास भएको बताएको छ । पाकिस्तानले भने भारतीय वायुसेनाको फ्रान्समा निर्मित राफेलसहित ६ वटा लडाकु विमान खसालेको दाबी गर्दै आएको छ ।

गत मे महिनामा भारतले पाकिस्तानमा रहेको भनिएका आतङ्ककारी पूर्वाधारलाई लक्षित गर्दै ‘अपरेशन सिन्दुर’ नामक सैन्य कारवाही सञ्चालन गरेको थियो । उक्त कारवाहीका क्रममा पाकिस्तानमा रहेका सयौँ लडाकु मारिएको भारतले बताउँदै आएको छ ।

भारतको कश्मीरस्थित पहलगाम क्षेत्रमा २६ जनाको ज्यान जानेगरी भएको आतङ्ककारी आक्रमणको जवाफस्वरुप भारतले कारवाही सञ्चालन गरेको हो ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  २ : २६ बजे

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व

मन्त्रीहरूलाई सरकारले पढायो परराष्ट्र मामिला र कूटनीति

काठमाडौं- सरकारले संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई परराष्ट्र मामिला र कूटनीति पढाएको