पाकिस्तानका ६ लडाकु विमान खसालेको भारतको दाबी « Khabarhub

पाकिस्तानका ६ लडाकु विमान खसालेको भारतको दाबी


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले गत मे महिनामा सञ्चालन गरेको सैन्य कारवाहीका क्रममा पाकिस्तानका छ लडाकु विमान खसालेको दाबी गरेको छ । भारतीय वायुसेना प्रमुख एअर चिफ मार्शल अमरप्रित सिंहले सीमा क्षेत्रमा भएको हवाई द्वन्द्वमा भारतीय वायुसेनाले सफलतापूर्वक पाकिस्तानी विमानहरूलाई जानकारी दिएका हुन् ।

उनका अनुसार भारतीय वायुसेनाले रुसमा निर्मित एस-४०० हवाई प्रतिरोधी क्षेप्यास्त्र प्रणालीको प्रयोग गरी पाकिस्तानी लडाकु विमान खसालेको हो ।

पाकिस्तानले भने यो दाबीलाई अस्वीकार गरेको छ । पाकिस्तानले भारतीय पक्षको भनाइलाई ‘प्रचार’ को संज्ञा दिएको छ ।

पाकिस्तानी सेनाले आफ्ना कुनै पनि विमान नष्ट नभएको र यो भारतको तर्फबाट गलत सूचना फैलाउने प्रयास भएको बताएको छ । पाकिस्तानले भने भारतीय वायुसेनाको फ्रान्समा निर्मित राफेलसहित ६ वटा लडाकु विमान खसालेको दाबी गर्दै आएको छ ।

गत मे महिनामा भारतले पाकिस्तानमा रहेको भनिएका आतङ्ककारी पूर्वाधारलाई लक्षित गर्दै ‘अपरेशन सिन्दुर’ नामक सैन्य कारवाही सञ्चालन गरेको थियो । उक्त कारवाहीका क्रममा पाकिस्तानमा रहेका सयौँ लडाकु मारिएको भारतले बताउँदै आएको छ ।

भारतको कश्मीरस्थित पहलगाम क्षेत्रमा २६ जनाको ज्यान जानेगरी भएको आतङ्ककारी आक्रमणको जवाफस्वरुप भारतले कारवाही सञ्चालन गरेको हो ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  २ : २६ बजे

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई