सिटिजन्स बैंकको नाफा २ प्रतिशतले घट्यो  | Khabarhub Khabarhub

सिटिजन्स बैंकको नाफा २ प्रतिशतले घट्यो 


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा २.०८ प्रतिशतले घटेको छ । 

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । 

गत वर्ष बैंकको ६ अर्ब ३६ करोड ४९ लाख ७३ हजार रुपैयाँ भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ११.२० प्रतिशतले कम हो ।

सोही अवधिमा बैंकको सञ्चालन आम्दानी ८ अर्ब १२ करोड ४४ लाख १० हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा १५.१३ प्रतिशतले बढी हो । 

बैंकको खराब कर्जा ४.१० प्रतिशतबाट बढेर ४.९४ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी १९ पैसा घटेर ८ रुपैयाँ ७६ पैसामा आएको छ । 

बैंकको मूल्य आम्दानी अनुपात २६.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४२ पैसा छ । 

बैंकको १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । बैंकले जगेडा कोषमा ८ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।

अघिल्लो वर्षले २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  २ : ४७ बजे

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

वाशिङ्टन डिसी – विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा

इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

जेरुसलेम – गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

आज विश्व खाद्य दिवस मनाइदै

काठमाडौं – सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३० गते बिहीबार। कात्तिक