सिटिजन्स बैंकको नाफा २ प्रतिशतले घट्यो  « Khabarhub

सिटिजन्स बैंकको नाफा २ प्रतिशतले घट्यो 


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा २.०८ प्रतिशतले घटेको छ । 

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । 

गत वर्ष बैंकको ६ अर्ब ३६ करोड ४९ लाख ७३ हजार रुपैयाँ भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ११.२० प्रतिशतले कम हो ।

सोही अवधिमा बैंकको सञ्चालन आम्दानी ८ अर्ब १२ करोड ४४ लाख १० हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा १५.१३ प्रतिशतले बढी हो । 

बैंकको खराब कर्जा ४.१० प्रतिशतबाट बढेर ४.९४ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी १९ पैसा घटेर ८ रुपैयाँ ७६ पैसामा आएको छ । 

बैंकको मूल्य आम्दानी अनुपात २६.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४२ पैसा छ । 

बैंकको १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । बैंकले जगेडा कोषमा ८ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।

अघिल्लो वर्षले २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  २ : ४७ बजे

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज